Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

एन्फाविरुद्ध सर्वोच्चमा रिट

सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी

User Photo बुधबार, माघ २२, २०७६
काठमाण्डाै ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजित केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद, एन्फा रौतहट, एन्फा पदाधिकारीलगायतलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा महिला फुटबल एकेडेमीका लागि भवन निर्माण गर्दा प्रक्रिया नपुर्‍याएको अधिवक्ता केसीको दाबी छ । उनले रिटमा भनेका छन्, ‘वन मन्त्रालयअन्तर्गतको जमिन राष्ट्रिय प्राथमिकताको आयोजनाका लागि हो भने मात्र मन्त्रिपरिषदको निर्णय बमोजिम भोगचलन अनुमती दिनुपर्ने हो ।’

हातेमालो सामुदायिक वन उपभोक्ता समूहको साढे तीन हेक्टर जग्गालाई कृत्रिम मिनि पिच बनाउन भनेर २५ वर्षका लागि लिएको तर त्यहाँ भवन निर्माण गरिएको रिटमा उल्लेख छ । भवन बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन समेत नगरिएको केसीको भनाइ छ ।

एन्फाले भने खेल मैदानका लागि लिएको जमिनमा टेक्निकल सेन्टरको भवन बन्नुलाई गैरकानूनी भन्न नमिल्ने बताएको छ । भवन निर्माणका लागि विश्व फुटबल महासंघ -फिफा) बाट प्राप्त चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.