Naya Media
आइतवार, बैशाख १३, २०८३
| | April 26, 2026
आइतवार, बैशाख १३, २०८३

सुनको भाउले बनायाे ऐतिहासिक रेकर्ड, कारण कोरोना भाइरस

भाउकाे नयाँ रेकर्डसँगै दैनिक कारोबार प्रभावित

User Photo बुधबार, फाल्गुन ७, २०७६
काठमाण्डाै ।

नेपाली बजारमा सुनको बढ्दो भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबारका लागि छापावल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय र तेजाबी सुनको ७६ हजार ८ सय खरिद बिक्री मूल्य तोकिएको नेपाल सुनचँँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा छापावल र तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा ४२ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय र तेजावी सुनको मूल्य ७६ हजार ४ सयमा कारोबार खुलेको थियो ।

यस्तै चाँदी प्रतितोला ७ सय ७३ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको सुनको मूल्य पनि त्यस अघि कारोबार भएको मध्ये सबै भन्दा धेरै भएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए ।

मूल्य बढ्नुको कारण कोरोना भाइरस

कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको असर चौतर्फी देखिएको सुन व्यवसायीहरुले बताएका छन् । कोरोनाका कारण अन्तराष्ट्रिय शेयर बजार सुताएको र मानिसहले सुनमा लगानी गर्न खोज्दा भाउ आकासिएको व्यवसायी मणिकरत्न शाक्यले बताए । łविश्व बजारमा सुनको उत्पादन यथावत छ तर सुन किन्ने मानिसहरु बढे मूल्य बढ्यो ।’ उपाध्यक्ष शाक्यले भने । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १६ यस डलर नाघेको उनले बताए ।

बिहेको सिजनमा व्यापार खस्कीयो

सुनको भाउमा बनेको नयाँ रेकर्डसँगै दैनिक कारोबार प्रभावित बनेको सुन चाँदी व्यवसायीहरुले बताएका छन् ।

अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म बिक्री हुने सुनको कारोबार अहिले दैनिक २०/२२ किलोमा सीमित भएको व्यवसायी एवं महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘बिहेको सिजन हो, मंगलबार ग्राहक ठिकै थिए तर बुधबारको बजारमा ग्राहक सुस्ताएको देखिन्छ ।’ बज्राचार्यले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.