Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

काेराेनाका कारण क्यालिफोर्नियामा आपतकाल, इटलीमा विद्यालय बन्द

१० दिनसम्म देशभरका विद्यालय बन्द

User Photo बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको हो, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए । क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन डिसी राज्यका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएर टेक्सास र नेब्रास्कामा समेत पुगेको छ । संक्रमणदर बढ्दै गएपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताको बीचमा आपतकाल घोषणा गरेका थिए । वाशिङ्गटन र फ्लोरिडा राज्यमा पनि एक हप्ताको बीचमा आपतकाल घोषणा गरिएको थियो ।

अधिकारीहरुका अनुसार विश्वभर ९४ हजार बढी संक्रमित छन्, तीमध्ये ८० हजार जना चीनमा मात्रै छन् । विश्वभर ३ हजार २ सय जनाको कोरोनाकै कारण मृत्यु भएको छ । चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ ।

इटलीका विद्यालयहरु बन्द

कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरससँग जुध्न बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

त्यस्तै, देशभित्र हुने खेल प्रतियोगितामा पनि इटलीले प्रतिबन्ध लगाएको छ । यस्तो निर्णयसँगै सिरी–ए फुटबल स्थगन हुने भएको छ ।

चीन उद्गम भएर फैलिएको कोरोना इटलीका २० क्षेत्रमध्ये १९ मा फैलिएको छ । जसका कारण हालसम्म १ सय ७ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, ३ हजारभन्दा बढीमा संक्रमण फेला परेको छ ।

इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले स्वास्थ्य सेवा खतरामा रहेको बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.