Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

कोरोना भाइरसको आशंकामा ९ जना अस्पताल भर्ना

३५ जनासम्म अटाउने वेड

User Photo बिहिबार, चैत्र १३, २०७६
काठमाण्डाै ।

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ । एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका हुन् ।

आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए ।

‘भाइरस पहिचानका लागि नमुना काठमाडौं पठाउनु पर्ने झन्झट छँदैछ, त्यसैमा लकडाउनका परीक्षणमा ढिलाइ हुन थालेको छ’, जोशीले बताए । यसअघि पनि भारत कतार दुबई लगायतका स्थानवाट आएका ८ जना संकास्पदलाई आईसोलेसनमा भर्ना गरिएको थियो । उनीहरुको स्वाव परीक्षण नेगेटिभ आइसकेको उनले बताए । अस्पतालमा १० वेडको आइसोलेसन सुविधा छ । डां. जोशीले संकास्पद बिरामीका लागि अस्पतालकै अर्को भवनमा ३५ जनासम्म अटाउने वेड निर्माण भइरहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.