नमुना काठमाडौं पठाउनु पर्ने झन्झट

कोरोना भाइरसको आशंकामा ९ जना अस्पताल भर्ना

३५ जनासम्म अटाउने वेड
बिहिबार, चैत्र १३, २०७६, काठमाण्डाै । 

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ । एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका हुन् ।

आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए ।

‘भाइरस पहिचानका लागि नमुना काठमाडौं पठाउनु पर्ने झन्झट छँदैछ, त्यसैमा लकडाउनका परीक्षणमा ढिलाइ हुन थालेको छ’, जोशीले बताए । यसअघि पनि भारत कतार दुबई लगायतका स्थानवाट आएका ८ जना संकास्पदलाई आईसोलेसनमा भर्ना गरिएको थियो । उनीहरुको स्वाव परीक्षण नेगेटिभ आइसकेको उनले बताए । अस्पतालमा १० वेडको आइसोलेसन सुविधा छ । डां. जोशीले संकास्पद बिरामीका लागि अस्पतालकै अर्को भवनमा ३५ जनासम्म अटाउने वेड निर्माण भइरहेको बताए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by:

बिहिबार, चैत्र १३, २०७६ (March 26, 2020, 12:16 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै