Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कविता- मित्र किन दौड्नु भाको ?

सोमवार, चैत्र २४, २०७६

कविता

मित्र किन दौड्नु भाको ?
कहिँ जाँदै हुनुहुन्छ ?

हो म जाँदै छु !
कतै टाढा ।
तर कुनै लक्ष्य बिना
किन र ?
किनकि म जन्मेको देश
मैले भोगेको परिवेश
म जस्तै लक्षहिन छ ।

कुदेर मात्र गन्तव्य भेटिएला त ?
अन्धाधुन्ध कुद्नेहरुले,
गर्न सम्म गरेको थाहा छैन ?
तपाईं जस्तै कति कुदिरहेका
होलान् है !
के म पनि तपाई सङ्ग कुदौं ?
अरुलाई पनि डाकौं ?
भन्नुस् त ! म के गरौं !
हाहाहा ! कुदौं त साँचै ?

कता फर्किएर कुदे राम्रो होला ?
पुर्व पश्चिम वा उत्तर दक्षिण ?
म पनि फेरि एक लक्षहीनलाई
सोधी रहेको छु,
मलाई कुद्नेसँङ्ग लक्ष्य हुन्छ,
भन्ने लागिरहन्छ,
किनकि मैले कुद्नेहरुले नै
जितेको देखेको छु,
त्यसैले होला सायद !

मित्र अब म कुद्दिन कतै
थाहा छ किन ?
किन र ?
किनकि कुद्नेहरुले
देखाइ सकेका छन,
कुदेर लछारपाटो लाग्दैन,
भनेर त्यसैले !
हेर्नुस् त हरुवाहरुलाई
केवल हार्नका लागि कुदेका छन।

  • एन .पी .खतिवडा


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.