Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

महाविर पुनलाई भावुक बनाउने काेरियाबाट आएकाे त्याे फाेन

User Photo बिहिबार, बैशाख ४, २०७७
काठमाण्डाै ।

अहिले काेराेना विरूद्ध दिनरात नभनि लागिपरेका महाविर पुनलाई काेरीयामा बस्ने एक व्येक्तिकाे विहानै  फाेन आयाे । केहि कुराकानी भए, जुन कुराकानीले हत्तपत विचलित र भाबुक नहुने पुनलाई निकै भावुक बनाएकाे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन ।

फाेन गर्ने व्येक्तिकाे परिचय भने उनले खुलाएका छैनन । अन्तिममा उनलाई आफैले कम रकम सहयाेग गर्न मनाएर एक लाख मात्र पठाउन सहमत भएकाे बताएकाछन । यहाँ कसैले सहयाेग गर्छु भन्दा क्षमता हेरेर गर भन्ने भन्दा पनि जति पाइन्छ लिइहाल्ने उसकाे अवस्था के छ भनेर नबुझ्ने धेरैछन । महाविर पुन साच्चिकै नेपालका लागी एक आदर्श हुन भन्ने यस्ता कयाैं उदाहरणले नै देखाउछ ।

पढ्नुहाेस उनकाे फेसबुक स्टाटस

एक जना भाइले दक्षिण कोरिया बाट बिहानै फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रको खाता नम्बर मागे र कोरोनाको लागी २ लाख रुपैंया पठाई दिन्छु भने । मैले “तिमीले दुख गरेर कमाएको पैसा दान गर्ने नै हो भने अलिकति पैसा दान गर, त्यति धेरै पैसा नपठाउ, बरु तिम्रो परीवारलाई पठाई देउ” भनेर भने। उनले मरो परिवार छैन भने । अनि मैले “तिम्रो बाबा आमा लाई पठाई देउ न त” भनेर सम्झाएँ. उनले यसो भने – “बाबा ता मैले देखे कै होइन, आमाले पालेकी हुन् र उनी पनि स्वर्गमा छिन । मेरो आमा भने कै नेपाल आमा हुन् र आमालाई दुख परेको बेलामा यति सानै रकम भए पनि दान गर्न चाहन्छु ।”

मैले ति भाईलाई बिभिन्न तरिकाले सम्झाई बुझाई गर्दै यसो भनें – “एक लाख मात्र दान गर र त्यो भन्दा बढी नगर, बरु सके जति पैसा बचाउ र देशमा नै आएर केहि गर”। धेरै नै सम्झाए पछि उनले एक लाख रुपैंया मात्र दान गर्न माने ।

ति भाईले जिन्दगीमा धेरै दुख पाएको र हण्डर खाएको अनुमान गर्न सकिन्छ । त्यसै कारणले नै म एकछिन भाबुक बनेको हो किन भने मैले पनि जिन्दगीमा मैले धेरै नै हण्डर र ठक्करहरु पाएको छु र जस्तो सुकै परिस्थितिमा पनि सितिमिति म भाबुक र बिचलित हुँदै हुँदैन । कसैको पनि हण्डर र ठक्कर नखाएको जिन्दगी कुनै जिन्दगी नै होइन भन्ने मान्यता राख्छु मैले र यो एकदमै सत्य कुरा हो. कसैले फेरी व्यंग र हाँसो नगर्नु होला । धन्यबाद ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.