Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 1, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु

User Photo शनिबार, जेष्ठ ३, २०७७
काठमाण्डाै ।

भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते छन् ।

लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको ट्रकले दिल्लीबाट आएको एक मिनिट्रकलाई ठक्कर दिँदा यो दुर्घटना भएको हो ।

समाचारमा बताइएअनुसार, उक्त मिनिट्रक रोकेर राखिएको अवस्थामा ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटनामा घाइते भएका १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुवै ट्रकमा लकडाउनपछि फसेका मजदुर सवार थिए । उनीहरू भारतका विभिन्न राज्यका हुन् ।

यसअघि भारतमै रेलले किचेर १६ मजदुरको मृत्यु भएको थियो । रेल नआउने ठानेर रेलको लिगमा सुतेका उनीहरूमाथि रेल गुड्दा अप्रिय घटना भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.