बुद्धशान्ति ५ मा सामुदायिक भवनको सिलन्यास भएको छ।
निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाँले उक्त भवन निर्माण हुन लागेको हो।
गाउँघरमा सार्वजनिक कार्यक्रम संचालन गर्न स्थान अभाव भएको भन्दै प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले उक्त भवनको आवश्यकता महसुस गरिएको बताए।
“मैले यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छु,तर एउटा सामुदायिक भवन नहुदा यो बौद्धिक समाजमा केही खट्किएको मैले महशुस गरे,र यो भवनको परिकल्पना भयो, आज शिलान्यास मात्रै भएको हो अब यसको निर्माण र संरक्षणमा स्थानीयको हात रहनेछ” उनले भने।
करिव ४०० जनाको क्षमता रहेको उक्त भवनबाट प्रत्यक्षरुपमा बुद्धशान्तिका ५ र ६ नम्बर वडा लाभान्वित हुने देखिन्छ।सामुदायिक भवन नहुदा सो क्षेत्रमा खुल्ला आकाश मुनि कार्यक्रम गर्नुपर्ने बाध्यता छ।
त्यस्तै भवन निर्माण एवं लक्ष्मीनारायण तथा राधाकृष्ण मन्दिरका अध्यक्ष देबिप्रसाद खतिवडाले स्थानीय आवश्यकता पूरा गरेकोमा साम्सद बुढाथोकीलाई धन्यवाद दिएका छन्।
उक्त भवन लक्ष्मिनारायण तथा राधाकृष्ण मन्दीर परिसर बुद्धशान्ति ५ मा निर्माण हुँदैछ।

