Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

बुधबारे जेसिजको जन्मदिन खास दिनमा १५० बढि किटनाशक झुल वितरण

User Photo शनिबार, अशोज २९, २०७९
काठमाण्डौ ।

बुधबारे जेसिजले बुद्धशान्तिका १ सय ५७ घरधुरीलाई किटनाशक झुल वितरण गरेको छ।
बुधबारे जेसिजका उपाध्यक्ष जेसी राज पौडेल र सदस्य दिनेश खतिवडाको जन्मदिनको अवसर पारेर झुल वितरण गरिएको कार्यक्रम संचालक एवं महासचिव अर्जुन ढकालले जानकारी दिए।
बुधबारे जेसिजका पदाधिकारीको जन्मदिनको अवसर पारेर “जन्मदिन खास दिन” कार्यक्रम अन्तर्गत बिभिन्न गतिविधि संचालन हुँदै आएका छन्।
देशभर डेङ्यु संक्रमण बढेकाले सचेतना स्वरुप कार्यक्रम गरिएको कार्यक्रम संयोजक दिनेश खतिवडाले बताए।
वडासँगको सहकार्यमा डेङ्यु प्रभावित क्षेत्रका १५७ घर धुरीलाई बुधबारे जेसिजले झुल वितरण गरेको थियो।

बुधबारे जेसिज बर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति २ का वडाध्यक्ष डिल्लि ओली प्रमुख अतिथि थिए।

प्रमुख अतिथि ओलीले वडाले संचालन गर्नुपर्ने कार्यक्रम बुधबारे जेसिजले गरेको भन्दै प्रशंसा गरेका थिए।
कार्यक्रमबारे प्रष्ट पार्दै उपाध्यक्ष बिष्णु लामिछानेले बर्ष भरिको आम्दानीबाट बचाएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा खर्च गर्ने जेसिजको अभियान रहेको उल्लेख गरेका थिए।
जेसी सेमन्त पोख्रेलले स्थापनाकाल देखी नै आफ्ना कार्यक्रम मार्फत बुधबारे जेसिजले समाजमा टेवा पुर्याइरहेको स्मरण गराएका थिए।

अध्यक्ष मुकेश भट्टराईले जन्मदिनमा सत्कर्ममा खर्च गर्ने बुधबारे जेसिजको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे।
उनले भने,” हरेक मानिसको जन्मदिनले नयाँ कामका लागी प्रेरणा दिन्छ,यस्ता कर्मले एक-आपसमा सहयोगको भावना बिकास हुने हुँदा जन्मदिन मनाउने जेसीहरुलाई धन्यवाद दिदै निरन्तरताको प्रतिबद्धता ब्यक्त गर्दछु”।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.