Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

झापाकाे बुद्धशान्तिमा ५ जना काेराेना संक्रमित

User Photo मङ्लबार, जेष्ठ २०, २०७७
झापा ।

झापाकाे बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका मध्ये ५ जनामा काेराेना संक्रमण देखिएकाेछ । जसमा १ जना बुद्धशान्ती गाउँपालिकाको स्थानिय रहेकाे र बाकी अन्य जिल्लाका रहेकाछन ।

यो क्वारेन्टाइनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेहरु राखिएका छन।  आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।

क्वारेन्टाइनमा रहेका १०० जनाकाे पिसिआरका लागी नमुना पठाइएकाे थियाे । जसमा ७९ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।

बुद्धशान्ति गाउँपालिका संक्रमित गत जेठ १३ गते भारतको लखनउबाट आएका थिए । उनी सगै आएका अन्य ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

अन्य जिल्लाका ४ जना भने सुनौली नाका हुँदै नेपाल प्रबेश गरेको बुद्धशान्ति स्वास्थ शाखा प्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिएका छन्। संक्रमित पाँचै जनालाई आइसोलेसनमा राख्न धरान लैजाने तयारी भैरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.