Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

डुडेझारी औद्योगिक क्षेत्रको उद्योग सचीव घिमिरे नेतृत्वको टोलिले गर्यो  स्थलगत अनुगम

६०० बिघाहाको हाराहारीमा निर्माण हुने  लम्की औद्योगिक क्षेत्रमा साना ठुला  तथा मझौला गरी ३०६ उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ । भौतीक संरचना निर्माणमा मात्र  २८ अर्ब रकम आवश्यक पर्ने

User Photo मङ्लबार, कार्तिक १८, २०७७
लम्की,कैलाली ।

डुडेझारी औद्योगिक क्षेत्रको उद्योग  वाणिज्य तथा आपूर्ति मन्त्रालयका  सचिव नन्द कुमार घिमिरे नेतृत्वको टोलिले स्थलगत अनुगमन गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निर्देशनमा सचिव नेतृत्वको टोलिले स्थलगत अनुगमन गरेको हो ।
टोलिमा सचिव घिमिरे सङ्गै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुसिल भट्ट,औद्योगिक बिकास लिमिटेडका महाप्रबन्धक तथा अध्यक्ष नन्दकिशोर बस्नेत, कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापा,लम्किचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाई, उद्योग  बाणिज्य तथा आपुर्ती मन्त्रालयका सह–सचिव वलराम रिजाल,जिल्ला समन्वय कैलली समिती सभापनी सुर्य बहादुर थापा,नेकपा जिल्ला सचिव लाल बहादुर सोडारी,लम्की चुहा उप प्रमुख टीका थापा लगायत टोलिमा रहेका थिए ।
स्थलगत अनुगमन पछि प्रतिक्रिया दिदै सचीव घिमिरेले आफुहरुले डुडेजारी लाई  प्राथमिकतामा राखेको जानकारी दिदै स्थलगत अनुगमन गर्दा झन मौका पाएको र  बाकिका कागजी प्रक्रिया छिट्टै सक्ने बताउनु भयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुसिल भट्टले आफुहरुले निश्चित समयमा काम सक्ने गरि लागेको र छिटै औद्योगिक क्षेत्रको उदघाटन गरिने प्रतिक्रिया दिनु भयो ।
कैलाली क्षेत्र नम्बर २ का सांसद रतन थापाले उद्योग मन्त्रीले चासो दिएर सचिव नेतृत्वको टोलि अनुगमनमा पठाउनु भएकोमा उद्योग मन्त्री भट्टलाई धन्यवाद दिनु भयो
लम्किचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले औद्योगिक क्षेत्रको काम अगाडि बढेन भने सडमै आएर आन्दोलन गर्नु पर्ने अवस्था आउनेमा सचेत गराउनु भयो ।
नेपाल सरकारले आर्थिक बर्ष ०७७/०७८ को निति तथा कार्यक्रममा समेटेको भएता पनी बजेटमा नसमेटेपछी यस क्षेत्रका नागरिकमा निरासा छाएको थियो ।
करिव ६०० बिघाहाको हाराहारीमा निर्माण हुने  लम्की औद्योगिक क्षेत्रमा साना ठुला  तथा मझौला गरी ३०६ उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ । भौतीक संरचना निर्माणमा मात्र  २८ अर्ब रकम आवश्यक पर्ने बताईएको छ

अनुगमनमा नेकपाका लम्कीचुहा नगर ईन्चार्ज रतन सुनार, नगर सचिव लाल बहादुर कुमाल,नगर सचिवालय प्रमुख धनन्जय न्यौपाने,  बिष्णु खनाल,  तिलक प्रसाद खनाल, बिमला सिंह, लम्कीचुहा , वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउने,वडा नं. १ का वडा अध्यक्ष जनक बहादुर बम,तुला सिंह थापा, डिल्ली प्रसाद गड्तौला, महिला नेत्री माया शाह, गिता गड्तौला थापा, चक्र प्रसाद खनाल,एकेन्द्र भण्डारी,दुजराम चौधरी,टिकाराम बजगाई,वडा नं. १ का वडा सदस्य चन्द्र बहादुर बि.क.,सशस्त्र प्रहरी निरिक्षक विपिन खनाल लगाएतकाको समेत सहभागिता रहेकोथियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.