Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

कोरोना संक्रमितको हेरचाह गर्दा गर्दै आफै कोरोना पोजेटिभ भए : तप्त भण्डारी आइसोलेसन इन्चार्ज लम्की चुहा

२०७६/१२/१० देखि अनवरत कोभिड-१९ रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा काम गरिरहदा आज आफैलाई लक्षण सहितको कोरोना भएको छ

User Photo मङ्लबार, मंसिर ९, २०७७
लम्की कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिकाका आइसोलेसन ईन्चार्ज तप्त भण्डारीलाई कोरोना पोजेटिभ भएको छ ।
नेपालमा कोरोना फैलिएपछी सरकारले २०७६ चैत्र ११ गते देखि देशमा पुर्ण लकडाउन गरेपछि बाटै उहाँ लम्किचुहा स्वास्थ्य साखा बाट निरन्तर खटिनु भएको थियो ।

उहाँ तेति खेर झन खटिनु भयो जतिखेर नेपाल सरकारले भारत नेपाल आउने अनुमति दियो । लम्किचुहा नगरपालिकाले पनि भारत बाट आएकाहरु लाई पालिका भित्रका करिव ५० विद्यालयमा क्वारेन्टिन बनाएर राख्यो, तेतिखेर उहाँकै नेतृत्वको टिमले भारत लगायत अन्य ठाउँ बाट आएकाहरुको स्वाब संकलन गर्ने गर्थे ।

त्यसपछी लम्किचुहा नगरपालिकाले लम्किमा आईसोलेसन बनाए पछि उहाँ लाई आइसोलेसन इन्चार्ज बनाएर खटायो ।

आइसोलेसन इन्चार्ज भएपछी उहाँ झन खटिनु भयो । आइसोलेसनमा बसेका हरुलाई त्यहा खाना,औषधि दिने लगायत काम गर्न आइसोलेसनमा व्यास्त कतै स्वाब संकलन गर्नु पर्यो भने तेहि डौडिनु भयो ।

तेतिखेर कोरोनाले छुन नसकेको उहाँ लाई दशै तिहार मनाई सकेपछि केही संका लागेपछी मंसिर ८ गते स्वाब दिदा ९ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आयो ।

उहाँ भन्नू हुन्छ अहिले कोरोनाको डर तेति कसैलाइ छैन, मलाई पनि अब त लगभग कोरोना जिति सके भन्ने लागेको थियो तर केहि सामान्य लक्षण देखियो कोरोना टेष्ट गर्दा पोजेटिभ देखियो,केही सामान्य लक्षण देखिएको भएपनि जित्छु भन्ने विश्वास छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.