Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने

User Photo शुक्रबार, फाल्गुन २८, २०७७
काठमाण्डाै ।

सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा सञ्चालन हुने भएको छ ।

यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा सञ्चालन हुने गरी एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सूचना जारी गरेको छ ।

एएफसीले शुक्रबार विश्वकप छनोट अन्तर्गत आठवटै समूहको बाँकी खेल आयोजक देशको सूची सार्वजनिक गरेको छ । नेपाल सम्मिलित समूह बीका सबै खेल कुवेतमा हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागेको एएफसीको भनाइ छ । यी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

यसअघि नेपालले मार्च अन्तिम साता घरेलु मैदानमा दुई खेल खेल्ने तय थियो । तर कोरोना महामारीका कारण अझै रहेका यात्रा प्रतिबन्ध र क्वारेन्टिन प्रावधानका कारण एएफसीले ती खेल स्थगित गरेको थियो ।

छनोट अन्तर्गत नेपालले अहिलेसम्म ५ खेल अवे मैदानमा खेलेको थियो । गत वर्ष नेपाल र कुवेतबीचको खेल नेपालको घरेलु मैदानमा हुने तय भए पनि दशरथ रंगशाला पूर्ण रुपमा तयार नहुँदा भुटानमा खेलाइएको थियो । छनोट चरणमा नेपालले ५ खेलबाट ३ अंक जोडेको छ ।

एएफसीका अनुसार अब छनोट चरणका खेलमध्ये समूह एको चीनमा, समूह सीको बहराइनमा, समूह डीको साउदी अरेबियामा, समूह ईको कतारमा, समूह एफको जापानमा, जीसमूह को युएईमा र समूह एचको दक्षिण कोरियामा हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.