Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

न्यूड दृश्य दिएकाे भन्दै ट्विटरमा नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने माग

User Photo आइतवार, साउन ३१, २०७८
काठमाण्डौ ।

बलिउड नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले दर्शकको मन पनि जितेका छन् ।

राधिकाले चलचित्रमा न्यूड दृश्य समेत दिएकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा भारतमा भने विभिन्न कलाकारहरुले चलचित्रमा दिएको बोल्ड दृश्यलाई लिएर बहस सुरु भएको छ ।

शुक्रबार नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक संजाल ट्विटरमा चर्कियो । २४ हजार भन्दा बढी ट्विटर प्रयोगकर्ताले यो बिषयमा आफ्नो मत व्यक्त गरेका थिए । अधिकांशले राधिकाले चलचित्रमा न्यूड दृश्य दिएर अश्लिलता फैलाएको आरोप समेत लगाएका छन् ।

केही प्रयोगकर्ताले राधिकाले अभिनय गरेका चलचित्रका दृश्यहरु सामाजिक संजालमा पोष्ट गर्न नसकिने भन्दै उनलाई बहिष्कार गर्नुपर्ने माग गरे । भारतको संकृतीमाथि राधिकाले बारम्बार प्रहार गरेको आरोप समेत उनीहरुले लगाएका छन् । यो बिषयमा राधिकाको कुनै पनि भनाई सार्वजनिक भएको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.