Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

सहुलियत कर्जा कृषि क्षेत्रमा बढी, शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने अहिले सम्म ६ जना मात्रै

User Photo आइतवार, चैत्र १७, २०७५

काठमाडौं । सरकारले स्वरोजगार बनाउने उद्देश्यसहित गत असोजमा ल्याएको सहुलियतपूर्ण कर्जामा सर्वसाधारणको आकर्षण कम देखिएको छ ।

बेरोजगारको स्थितिलाई समाधान गर्ने भन्दै सरकारले विभिन्न ७ शिर्षकमा ब्याज अनुदानसहितको सहुलियत कर्जा ल्याएको थियो । तर, सहुलियत कर्जामा एकदमै कम आकर्षण देखिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शैक्षिक बेरोजगारलाई दिने कर्जा एकदमै कम देखिएको जानकारी दिए ।आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशाला गोष्ठीमा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ६ जनाले मात्रै लिएको जानकारी दिए ।

शैक्षिक बेरोजगारका लागि उपलब्ध गराइने उक्त कर्जा योजना अन्तर्गत पछिल्लो तथ्यांक अनुसार ६ जनाले ३८ लाख रुपैयाँमात्रै लिएको उनले बताए ।

शैक्षिक बेरोजगारहरुकै लागि दिइने अर्को कर्जा उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा भने जम्मा दुई जनाले मात्रै लिएका छन् । उक्त कर्जा योजना अन्तर्गत दुई जनाले जम्मा १० लाख रुपैयाँ लिएको बताए ।

असोज महिनादेखि यता जम्मा २३ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी भएको उनले बताए । डेपुटी गभर्नर श्रेष्ठका अनुसार हालसम्मको स्थितिमा सबैभन्दा धेरै सहुलियत कर्जा कृषि क्षेत्रमा लगानी भएको छ ।

माघ महिना अन्तिम सम्मको तथ्यांक अनुसार कृषि क्षेत्रमा १९ अर्ब ८६ करोड रुपैयाँ लगानी भएको उनले बताए । उनका अनुसार ११ हजार ६५ जना कृषकले यस्तो कर्जा उपयोग गरेका छन् ।

यसैगरी विदेशबाट फर्किएका ४१ लाख रुपैयाँ, महिला उद्यमशिलता कर्जा २ करोड ८२ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा २६ लाख रुपैयाँ लगानी भएको उनले बताए ।

भूकम्पपीडितका लागि प्रदान गर्ने भनिएको सहुलियत कर्जा भने हालसम्म २९४ जनाले ४४ करोड रुपैयाँ लिएको उनले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारले उपलब्ध गराउने सहुलियतक कर्जा लिएर उद्यमी बन्न आग्रह गरे । राष्ट्र बैंकले युवाहरुलाई स्वरोजगार बन्नका लागि ल्याएको योजनाहरु जनउपयोगी भएको भन्दै यस्तो उपयोग सबैले गर्नु पर्ने बताए ।

सहुलियत कर्जाको सदुपयोग भए धेरै व्यक्ति स्वरोजगार बन्न सक्ने उनको धारणा थियो । यद्यपि, जुन शिर्षकमा लिएको कर्जा हो त्यही काममा खर्च गर्नु पर्ने उनले बताए । कर्जाको दुरुपयोग भने राष्ट्र बैंकलाई मान्य नहुने उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.