Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कोरोनाको संक्रमण र अवचेतन मान्छे

बुधबार, साउन १४, २०७७
लम्की,कैलाली ।

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समुहलाई वैज्ञानिकहरुले कोरोना भाइरस नामाकरण गरेका थिए ।सन् २०१९ डिसेम्बरमा चिनको वुहान प्रान्तबाट सुरु भएको भाइरस नयाँ जातको कोरोना भाइरस हो । त्यसलाई covId-19 को नाम दिइयो। कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरु मानिसलाई उक्त भाइरस सर्न सक्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा नाक र मुखबाट निस्किएको स-साना छिटामा कोरोना भाइरस हुन्छन् । उनीहरुको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ ।

कृतिका तिमिल्सेना

अहिले कोरोना विश्व माहामारिको रुपमा फैलिएको छ। मानव जातिकै संघार गर्ने यो रोगको अहिलेसम्म औषधी छैन ।विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरु आकस्मिक काममा मात्र सिमित भएका छन्। विश्वका करोडौं मानिसमा यसको जिवाणु फैलिसकेको वर्तमान अवस्थामा नेपाल त्यो बाट अछुतो छैन । यसरी विश्वलाई आक्रान्त पारिरहेको कोरोना (covId-19) भाइरस तिव्र रूपमा फैलिरहेको छ ।यस कोरोनाले विशेष रुपमा घाँटी सासनली र फोक्सोका कोषलाई आक्रमण गर्दछ । यसको रोकथामको निम्ति विभिन्न उपायहरु अपनाएको छ । जस्तो माक्स, सेनिटाइजर , गोल्बसका साथै सामाजिक दुरि कायम गर्ने। यी उपायले केहि हदसम्म भाइरस रोक्न मद्दत गरेको छ।

कोरोना भाइरसलाई लिएर सरकारले एक चोटि ठुलै नाटक गर्यो । प्रदेशिएका दाजुभाइ घर आउदा पुलिस परिचालन गरि क्वारेन्टाइनमा राख्न लगायो । भोज भतेर पनि निकै चल्यो । मानिसका भकारीमा खानेकुरा हुन्जेल राहत सामग्री बितरणका पनि थुप्रै समाचारहरु दिनहु सामाजिक संजालमा भरिए । त्यो बेला यसरी राहतको दायरा बढाउन भन्दा परिक्षणको दायरा बढाएर घर पठाउने वयवस्था गरेको भए कति राम्रो हुन्थ्यो होला? लाग्यो साउन त्यसैमाथी रित्तो महिना ।

नेपाली कोरोनासङग डराएर छैनन् किनकी अधिकांश मानिसहरु असावधानी तरिकाले हिडिरहेका हुन्छन् । यहाँ कोरोना भाइरसलाई सामान्य रूपमा लिएको भएतापनी यसको संक्रमण पश्चात् अभिश्रापको रूपमा लिने मानसिक सोचाइ रहेको पाइयो । हुन त हाम्रो समाज सामाजिक र धार्मिक अन्धविश्वासले जेलिएको छ। यहाँ दाइजोप्रथा , छाउपडी प्रथा , छुवाछूत प्रथा जस्ता अनेकौ कुप्रथाहरु छन् ।जसका कारण बर्सेनि अकालमा धेरै मानिसहरुको ज्यान जाने गरेको छ । यसको मुख्य कारण राज्यले कानुन बनाएर वा छाउगोठ भत्काएर मात्र हुदैन ।उनीहरुको मानसिकतामा चेतना भर्नुपर्छ। हुन त देशका मुख्य निकायमा भएका व्यक्ति नै पृत्तिसत्तात्मक सोच र दुरगामी दृष्टिकोणको कमि भएका व्यक्तिहरुले जेलिएको छ । मानसिकता नै कमजोर भएका व्यक्तिबाट प्रगतिको आश गर्नु कुनै औचित्य छैन । कुन रोग कसरी सर्छ र संक्रमण हुन्छ भन्ने तिर भन्दा पनि मानिसका आ- आफ्नै मनगन्ते सोच विचारबाट कोरोना प्रभावित व्यक्तिको ज्यान जान सक्छ ।

कोरोना भाइरसलाई लिएर सरकारले एक चोटि ठुलै नाटक गर्यो । प्रदेशिएका दाजुभाइ घर आउदा पुलिस परिचालन गरि क्वारेन्टाइनमा राख्न लगायो । भोज भतेर पनि निकै चल्यो । मानिसका भकारीमा खानेकुरा हुन्जेल राहत सामग्री बितरणका पनि थुप्रै समाचारहरु दिनहु सामाजिक संजालमा भरिए । त्यो बेला यसरी राहतको दायरा बढाउन भन्दा परिक्षणको दायरा बढाएर घर पठाउने वयवस्था गरेको भए कति राम्रो हुन्थ्यो होला? लाग्यो साउन त्यसैमाथी रित्तो महिना । जसमा भारतबाट आएका मानिसको संख्या बढेको अवस्था । अब यस अवस्थामा राहत बाढ्नु पर्नेमा सरकार मौन किन ? कोरोना पोजेटिभ भएकालाई पो राम्रो स्याहार सुसार गर्नु पर्नेमा पोजेटिभहरुलाई होम क्वारेन्टाइनमा । यस्तै गर्नु थियो त राज्यको करोडौ बजेट क्वारेन्टाइनको नाममा सक्न जरुरी थिएन । अब रह्यो बिरामी (संक्रमित ) को जिम्मेवारी र सहानुभूतिको कुरा त्यो त शुन्य भए जस्तो लाग्यो ।

संक्रमित व्यक्तिलाई सहानुभूति भन्दा पनि पुन निको भइसकेपछि समाजमा उहीँ रूपमा स्थापित हुन पनि नसक्ने अवस्थाको सिर्जना भएको जस्तो देखिन्छ । एउटा संक्रमित व्यक्ति यसै त मानसिक रुपमा त्रसित ,भयको अवस्थामा रहेको हुन्छ ,त्यसै माथी मनोबल घटाउने खालका कुराले उक्त व्यक्तिको ज्यान जाने सम्मको अवस्था सिर्जना हुन सक्छ ।यसरी उच्च अहोदामा रहेका व्यक्तिले नै रोगको बारेमा नबुझेको जस्तो गरि समाजमा भयभीत अवस्थाको सिर्जना गराउदा समाजमा संक्रमित व्यक्ति पुन पुरानो अवस्थामा नै आउन कठिन हुन्छ । यसले गर्दा संक्रमित व्यक्ति उक्त भाइरसले भन्दा पनि मानसिक तनावले , तिरष्कारले ज्यान जाने सम्भावना देखिन्छ ।भाइरसको बारेमा मिडियाले पनि प्रभावकारी भुमिका खेल्न नसकेको हो कि भन्ने भान कता कता हुन जान्छ ? अचेल कोरोना संक्रमित दर घटेको समाचार आइरहेका छन । तर अहिलेको अवस्थामा संक्रमण घटेको भन्दा नि परिक्षण दर नै घटाएको जस्तो देखिन्छ । यसरी परिक्षणको दर घटाउन भन्दा पनि यसलाई प्रभावकारी रूपमा अझै बढाउन पर्ने देखिन्छ । यश विषयमा सरकारवाला सबैको ध्यान जावस ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.