Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना, सह–चालकको घटनास्थलमै मृत्यु

User Photo शनिबार, बैशाख १३, २०७७
काठमाण्डाै ।

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।

बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमा ज्यान गएको इन्स्पेक्टर साहले बताए। मृतक विश्वकर्माको घर दोलखाको तामाकोसी –२ मा पर्छ। दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दुर्घटनामा परेको हो। दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ।

विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टिएको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।

बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो। गाउँ नजिकै बस दुर्घटना परेको खबर पाएर पुगेका गाउँलेहरुले बसका यात्रुहरुलाई उद्धार गरेका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.