लागुऔषध खैरो हेरोइन सहित आइतबार टीकापुर नगरपालिका वडा नं. ९ बाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । चप्पल भित्र लुकाइछिपाइ भारत बाट नेपाल आउने क्रममा खक्रौला पुल बाट २.१५० मिलिग्राम खैरो हेरोइन सहित इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टीकापुर १ दुर्गानगर बस्ने २१ बर्षिय सागर चौधरी रहेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरि नायब उपरीक्षक नबिन राजा बुढाथोकिले बताउनुभयो ।
इलाका प्रहरि कार्यालयको सुचना संकलनमा खटिएको टाेलिले केहिदिन अघि मात्रै पनि १३ ग्राम १६० मिलिग्राम खैरो हेरोइन सहित श्रीमान श्रीमतिलाई पक्राउ गरेको थियो ।
भारत बाट नेपाल भित्रीन लागेको लागु पदार्थ लगातार समातिनु प्रहरीको उपलब्धि भए पनि यस बाट युवाहरू कुलतमा फसेको प्रमाणित भएकोले चिन्ताको विषय भएको स्थानिय समाजसेवी नरेस्वर धमाला ले बताउनुभयो ।
