Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

User Photo
आइतवार, पुस ६, २०८२
काठमाण्डौ ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको छ । स्थानीय दक्षिण अफ्रिकी मिडियाका अनुसार जोहानेसबर्गको पश्चिममा रहेको बेकरसडल टाउनशिपमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

बन्दुकधारीहरूले एउटा अवैध बारमा प्रवेश गरेर चेतावनी बिना नै भीडमाथि अन्धाधुन्ध गोली चलाएको बताइएको छ, जसले गर्दा आतंक र अराजकता सिर्जना भएको थियो ।प्रहरीले दुईवटा गाडीमा आएका आक्रमणकारीहरूले बार भित्रका मानिसहरूमाथि गोली चलाएका थिए र घटनास्थलबाट भाग्दै अन्धाधुन्ध गोली चलाइरहेका थिए ।

प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए । घटनाको बारेमा थाहा पाएपछि आपतकालीन सेवाहरूले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याएका थिए । गोलीकाण्डमा घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले आक्रमणको अनुसन्धान सुरु गरेको छ, तर अहिलेसम्म कुनै पनि संदिग्ध व्यक्ति वा उद्देश्य पहिचान गरिएको छैन। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने विश्वास गरिएको छ ।

यो महिना दक्षिण अफ्रिकामा भएको दोस्रो ठूलो गोलीकाण्डको घटना हो । डिसेम्बरको सुरुमा दक्षिण अफ्रिकी राजधानी प्रिटोरिया नजिकै गोलीकाण्डको घटना भएको थियो । बन्दुकधारीहरूले त्यहाँको होस्टेलमा आक्रमण गर्दा तीन वर्षीय बालक सहित १२ जनाको मृत्यु भएको थियो ।

# अन्तराष्ट्रिय # अन्धाधुन्ध गोली # मृत्यु

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.