Naya Media
शनिबार, फाल्गुन ९, २०८२
| | February 21, 2026
शनिबार, फाल्गुन ९, २०८२

मलद्वार र मुख भित्र लुकाई खैरो हेरोइन ल्याउदै गरेका टिकापुरका एक युवा पक्राउ

User Photo बिहिबार, पुस १८, २०८१
कैलाली ।

कैलाली स्थित नेपाल भारतको सिमानाका खक्रौला चेकपोस्ट बाट मलद्वार र मुख भित्र लुकाई खैरो हेरोइन ल्याउदै गरेका टिकापुरका एक युवा पक्राउ परेकाछन । इलाका प्रहरी कार्यालय टीकापुरले विहिबार दिउसो करिव ४:३० बजेको समयमा टीकापुर नगरपालिका १ बनगाँउ बस्ने बर्ष २५ को तुलराम घर्तिमगर लाइ शंका लागि खानतलासी गर्दा मलद्वार र मुखमा लुकाएर राखेको २ पोका खैरो हेरोइन १.८०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

सुचना संकलनमा खटिएको प्रहरी टाेलिले खैरो हेरोइन सहित उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरि नायब उपरीक्षक नबिन राजा बुढाथोकीले बताउनुभयो । इन्चार्ज बुढाथोकिले बेरोजगारी, अभिभावकको लापरबाही, आर्थिक प्रलोभन, देखासिकिले गर्दा युवाहरु कुलतमा फस्ने गरेको बताउनुभयो । कमसेकम आफ्नो छोराछोरीहरु अनावश्यक कता जान्छन् किन जान्छन् घरमा समयमै किन पुग्दैनन भनेर मात्रै चासो लिए पनि युवाहरू कुलतमा फस्न बाट जोगिन सक्ने बताउनुभयो ।

यहाँ त कस्तो सम्म छ भने छोराछोरी कुलतको दलदलमा भासिइसकेको हुन्छन् तर अभिभावकहरु मेरो छोराछोरी त्यस्तो थिएन अरुले गर्दा बिग्रीयो फस्यो भनेर आउँदा आफु आश्चर्य चकित भएको बताउनुभयो । जब अभिभावकहरु जिम्मेवार र सचेत हुन्छन तबमात्र लागु औषध नियन्त्रण गर्न सफल हुनसक्ने डियसपि बुढाथोकीको भनाइ थियो ।

यस अघि पनि पटक पटक प्रहरीले टिकापुर क्षेत्र बाट लागुऔषध सहित युवा पक्राउ गरेको थियो ।

# टिकापुर # पक्राउ # लागुऔषध

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.