गणपति माइक्रो फानान्स बितिय सस्था लिमिटेडले आज तेस्रो बार्षिक उत्सव मनाएको छ । गणपति माइक्रो फानान्स बितिय संस्था लिमिटेड साखा कार्यलय लम्की र सुखडको सयुक्त आयोजनामा बौनियामा रहेको साहारा घरमा आज गणपति माइक्रोफानान्सको तेस्रो बार्षिक उत्सवको अवसरमा फर्निचर तथा खाद्यान्न सामाग्री बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै गणपति माइक्रोफानान्स लम्की साखाका प्रमुख गिरध्वज चौधरीले साहारा घरमा मानसिक स्थिति गुमाएर बसेका सम्पुर्ण आमाबुवालाई सहयोग गर्न पाउदा खुसि लागेको र बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै गणपति माइक्रोफानान्स सुखड साखा प्रमुख समिर रावलले यो भन्दा अगाडि असायहरुलाई सहयोग गर्ने मौका नपाएको आज आफुले सानो भए पनि सहयोग गर्न पाउदा खुसि लागेको र आफुले सक्दो सहयोग गर्ने र अन्य कुनै ठाउबाट भए पनि सहयोगका लागि पहल गर्ने बताउनु भयो ।
गणपति माइक्रोफानान्समा आवद्ध धिरेन्द्र चौधरीले गणपति माइक्रो फानान्सले तेस्रो बार्षिक उत्सव साहारा घरमा आएर गर्न पाउदा सारै खुसि लागेको बताउनु भएको छ ।
साहित्यकार तथा गणपति माइक्रोफानान्समा कार्यरत हिक्मत ढकालले सडकमा जिन्दगि बिताइरहेकाहरुको साहारा बन्नु भएको देख्दा देशमा सरकार नभएको जस्तो महसुस भैरहेको सरकारले गर्ने काम एक्लै यसरि असायाहरुको साहारा बन्नु भएको देख्दा बल बहादुर बिष्ट लाई धन्यवाद दिनु भयो ।
सहारा घरका बल बहादुर बिष्टले गणपति माइक्रो फानान्स लम्की र सुखड परिवारलाई धन्यवाद दिनु भयो ।
