किसान सहकारी द्दारा ʺजन्म देखि मरणोपरान्त सम्म किसान कोपˮ योजना सार्वजनिक

बुधबार, माघ ४, २०७९, काठमाण्डौ । 

कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना संस्थाका शेयर सदस्यहरुको सुखदुखमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यका साथ सदस्य सुरक्षण अन्तर्गत ʺजन्म देखि मरणोपरान्त सम्म किसान कोपˮ योजना सार्वजनिक गरेको छ । थप जानकारीका लागि नजिकैको शाखा कार्यालयमा तथा टोल फ्रि नं. १६६०९११७३३३ मा सम्पर्क गर्न सकिने संस्थाले बताएको छ  । सुदुरपश्चिम प्रदेशमा ४० शाखा र लुम्बिनी प्रदेशको  बर्दिया ( राजापुर) १ शाखा रहेको छ भने कर्णाली प्रदेशमा छिट्टै साखा संचालन गर्ने संचालन समिती सदस्य सरोज कुमार शाहले जानकारी दिनु भयो ।
२०५२ सालमा स्थापना भई कारोबार सुरु गरेको संस्थाको लगभग  ४०  करोड शेयर पुँजी रहेको छ । किसानले ४ वटा क्षेत्रमा काम गरिरहेको छ।  वित्तीय तर्फ सहकारी बैङ्किङ र लघुवित्त, कृषि  र व्यवसायिक क्षेत्र ( मार्ट) संचालित छ्न ।
एकिकृत कृषि फर्म अमरावतीमा छ। cold store  संचालनमा आउदै छ भने । माटाे परीक्षण,  एग्रोभेट, मलखाद बिक्रीकेन्द्र संचालनमा छ।
व्यवसायिक क्षेत्र तर्फ ३ वटा मार्टका आवटलेट लम्की, बौनिया र सुख्खडमा संचालनमा छन् ।
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्त तर्फ गरि ७५ हजार सदस्य रहेका छन । संस्थाले मोबाईल बैंकिङ र ट्याबलेट बैंकिङ शुरुवात गरेको  छ ।  संस्थाले कृषि पेशालाई प्रवद्घन गर्ने उद्देश्यले ३ जना कृषि प्राविधिक मार्फत सदस्यहरु लाई तालिम तथा परामर्श दिई रहेको संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले बताए ।
किसानको ४१ शाखा र केन्द्रिय कार्यालय समेत गरि २७५ बढी कर्मचारी कार्यरत छन ।

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

रमित पाण्डे नयाँ मिडियाका कैलाली सम्बादाता हुन् । उनी लम्कीमा रहेको मालिका टेलिभिजन र मालिका एफएमका समाचार प्रमुख र हिमालय टेलिभिजनका कैलाली सम्बादाता हुन । नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: रमित पाण्डे

रमित पाण्डे

सोमवार, चैत्र ९, २०७७ (March 22, 2021, 1:45 pm) मा द्वारा अर्थ / बाणिज्य अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै