कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।

यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।
यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।

यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए।

परीक्षा गत वैशाखमा भएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, साउन १७, २०७५ (August 2, 2018, 12:04 pm) मा द्वारा शिक्षा अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै