Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

महोत्तरी : स्वास्थ्यकर्मी आन्दोलनमा

User Photo
बुधबार, भदौ २०, २०७५

महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन्।


advertisement

पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो। गाउँपालिकाले उक्त सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन्। स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवले बताए।

गाउँपालिका र स्वास्थ्यर्मीबीच यसअघि २०७५ असार २८, साउन ५, साउन ७ र साउन २५ गते तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति भएको थियो।

स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्रमा तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरुले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएका छन्।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.