Naya Media
शनिबार, जेष्ठ ३१, २०८२
| | June 14, 2025
शनिबार, जेष्ठ ३१, २०८२
Advertisement

मुटु रोगका ६ अनौठा लक्षण

User Photo
मङ्लबार, भदौ २६, २०७५

साना समस्यामा त्यति धेरै चासो नदिनु मानवीय स्वभाव हो । तर, सनाना–साना स्वास्थ्य समस्या पनि मुटु रोगका लक्षण हुन सक्छन्  । जब मुटु र रक्तनलिले काम गर्न छोड्छ त्यसपछि शरिरका अन्य असम्बन्धित भागमा पनि यसको लक्षण देखिन्छ,’ टेक्सास ए एन्ड एम हेल्थ साइन्स सेन्टरका मुटुविज्ञ डा जोन इरविन भन्छन् ।  उनका अनुसार मुटु रोगका साझा तर अनौठा लक्षण रहेका छन् । यस्ता समस्याप्रति बेलैमा सचेत भएमा रोग फैलिन र बढ्नबाट जोगिने सकिने उनी बताउँछन् ।

कमजोर यौन गतिविधि


advertisement

यौन दुर्बलतालाई प्रजनन स्वास्थ्य वा दिमागसँग पनि सम्बन्धित रहेको मान्दै आएको छौं । तर, पुरुषहरुमा यौन दुर्बलता देखिनु पनि मुटु रोगको एक मुख्य लक्षण हो ।  मुटुमा रगत पुर्याउने रगतका धमनीमा समस्या भएमा पुरुषको यौन उत्तेजनामा समस्या उत्पन्न हुन्छ ।

स्त्रीहरुमा यौन रसको स्खलन नहुनु भनेको रजस्वला रोकिन स्कने लक्षण हो । तसर्थ रजस्वला रोकिएपछि मुटु रोगका खतरा बढ्न सक्छ । तर, रजस्वला रोकिनु आफैमा मुटुजन्य समस्या होइन ।

‘रजस्वला रोकिदैमा मुटु रोग ननिम्त्याए पनि रक्तचाप र कोलस्टोलको तहमा परिबर्तन जस्ता निश्चित मुटुसँग सम्बन्धित समस्या रजस्वलाको समयतिर हुने गर्छ ।  यो समयमा अधिकांश महिला अझै निष्क्रिय हुने भएकाले पनि यस्तो जोखिम बढेको हो ।

घुर्ने तथा निन्द्रामा असन्तुलन

घुर्ने मानिसको नजिकै सुत्नु पनि दिक्दारी नै हो । तर, घुराई दिक्दारीको अतिरिक्त  मुटु रोगको लक्षण पनि हो  ।  रातभर सुतेपछि दिउसो पनि निन्द्रा लागे जस्तै घुर्नु पनि निन्द्रा असन्तुलनको एउटा पाटो हो । उनका अनुसार घुर्दाखेरि श्वास–प्रश्वासमा कठिनाई हुने र यसले ह्दयघात तथा स्ट्रोकको खतरा निम्त्याउँछ । घुर्ने व्यक्तिको मुटुको गति यति तीब्र हुन्छ कि जसका कारण कहिलेकाहिँ कमजोर रगत प्रवाह हुन्छ ।

स्खलन

स्खलन र मुटुरोगबीचको सम्बन्धलाई थोरै मानिसहरले प्रष्ट पारेका छन् । तर अस्वस्थ स्खलन मुटुसँगसम्बन्धि समस्या हो । बारम्बारको स्खलनले शरिरमा कम्जोरी ल्याउने इरविन बताउँछन् ।  यसले ह्दयघात र मुटुसँग सम्बन्धित अन्य समस्या निम्त्याउँछ ।

काँध र घाँटीमा दुखाई

ह्दयघात हुँदा अधिकांश मानिसहरुले आफ्नो छातीभित्र हात्ती बसेजस्तै पीडा महशुस गर्छन् । त्यस्तै कतिपयले पाखुरामा एउटा सनसनी समवेदना हुन्छ । तरपनि सबै मानिसहरु ह्दयघातको यस्तो परम्परागत अनुभव महशुस गर्दैनन् । बरु उनीहरुको शरिरमा असजिलो, मांशपेशीमा पीडा र घाँटीमा दबाब वा काँध दुख्छ ।

खुट्टा वा पैताला सुन्निनु

खुट्टा तथा पैताला सुन्निनुका पनि विभिन्न कारणहरु हुन्छन् । तर अस्वभाविकरुपमा हात खुट्टा सुन्निुन मुटु विग्रन थालेको लक्षण हो । तसर्थ निरन्तर रुपमा हात खुट्टा फुलेमा बिरामीले तत्काल चिकित्सककहाँ जानुपर्छ किनकी यसले मुटुको समस्याको संकेत पनि गरेको हुन सक्छ ।

अपच, मुटुमा जलन

मुटुमा जलन र अपच निश्चय नै साझा समस्या हुन तर यसले बिरलै मानिसलाई गम्भीर बनाउँछ । तर कतिपय अवस्थामा माथिल्लो पेटमा हुने मन्द दुखाई पनि मुटु रोग (ह्दयघात) को लक्षण हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.