खानालाई स्वादिष्ट बनाउने सुत्र भनेकै खानामा मरमसलाको उत्कृष्ट संमीश्रणको प्रयोग हो । स्वादका पारखी नेपालीहरुको भान्छामा मरमसलाको प्रयोग नियमित हुने गरेको छ ।
त्यस्तै मसलालाई आयुर्वेदिक जडिबुटीको रुपमा पनि प्रयोग गर्ने गरिएको छ । जिरा, मरिच, अलैंची, अदुवा, बेसार, ल्वांग, मेथी, हिंग, दालचिनी, सुकुमेल, तेजपत्ता, जाइफल, टिमुर, केशर जस्ता मसलाहरु भान्छामा पनि प्रयोग हुन्छ भने यसमा भएको औषधिय गुणका कारण आयुर्वेदिक औषधिमा पनि प्रयोग हुने गरेको छ ।
मसलाको प्रकृति हेरी यसको उपयोग फरक फरक काममा हुने गरेको छ । यी मसलाहरु प्रायः तरकारी तथा अचारहरुमा प्रयोग गरिने भएपनि बेसार र केशर जस्ता मसलाहरु सौन्दर्यको लागि पनि प्रयोग हुने गरेको छ । त्यस्तै ल्वांग, मरिच, अलैंचीहरु चियामा पनि प्रयोग हुने गरेको छ ।
तिन पुस्तादेखि असनमा मसलाको कारोबार गर्दै आएका विजय श्रेष्ठकोले आफ्नो पसलमा दशैंलाई लक्षित गर्दै मसलाको थुप्रो नै लगाएका छन् ।
उनको पसलमा एक ग्राम केशरको मुल्य ५०–३५० रुपैंयामा बिक्री भइरहेको छ । त्यस्तै टिमुर किलोको २२५०, जाइफल १४००, जिरा ४५०, पुरानो अलैंची १०००, ल्वांग १८००, दालचिनी ५००, मेथी १५० र सुकुमेल २००० मा बिक्री हुने गरेको छ । अहिले दशैंको सिजन भएपनि मुल्य खासै नबढेको पनि उनले बताए ।
बजारमा मसलाको भाउमा एकरुपमा नभएको असन चोकको बज्र किराना स्टोरका बाबुराम योञ्जन बताउँछन् । पसलैपिच्छे फरक भाउ भएको कारण उपभोक्ताहरुलाई कता सस्तो पाइन्छ भन्दै खोज्न कठिन हुने गरेको पनि उनले जानकारी दिए ।
त्यस्तै गणेश आयुर्वेदिक, भेडासिंह पण्डित बैद्य दिलिप शर्मा भने आयुर्वेदमा मसलाको ठुलो भुमिका रहेको बताउँछन् । उनि भन्छन्, ‘मसलाको आयुर्वेदमा ठुलो भुमिका रहन्छ । केशरले स्नायुको रक्त सञ्चार प्रणाली स्वस्थ राख्ने, टिमुरले भोक लगाउने र मुखलाई रसिलो पार्ने, जाइफलले शरीरको तापक्रम बढाउने र बच्चाहरुलाई रुघाखाकी निको गराउने काम गर्छ । त्यस्तै जिराको काम पाचनक्रिया बलियो गर्ने, मरिचले मुखको शुद्दिकरण र स्वाद बढाउने, अदुवाले खोकी नासगर्ने, मेथिले शरिर गलेको ठीक पार्ने काम गर्छ ।’
त्यस्तै उनले बेसारले किट नासकको काम गर्ने र एलर्जि हटाउने पनि दाबी गरे । ल्वांगको प्रयोग पाचन क्रिया बलियो बनाउन तथा शरीरको वायु नाश गर्न प्रयोग हुने तथा र तेजपत्ताले खाना पचाउने काम गर्ने पनि उनले जानकारी दिए ।
बजारमा पाइने विभिन्न ब्राण्डका गुणस्तरहिन मसलाको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा हानी गर्ने भएकाले शुद्ध मसलाको प्रयोग गर्न उनि सुझाउँछन् । मसला स्वाद मात्र नभएर स्वास्थ्य पनि भएकाले यसमा हेलचक्रयाँइ गर्न नहुने उनको मत रहेको छ ।
नजिकिंदै गरेको दशैं र तिहारमा नेपालीहरुको भान्छामा मरमसलाको प्रयोग बढि हुने गरेको छ । यस्तोमा मसला किन्दा अलिक महँगो परे पनि स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले शुद्ध मसला किन्न व्यापारीहरु सुझाउँछन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द