आजभोलि मोवाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजनसँग हामी एकाकार भइरहेका छौं । अर्कोतिर धुलो-धूँवाको चपेटामा परिरहेका छौं । यसको अनेकन साइड इफेक्ट छन् । त्यसमध्ये पनि आँखामा यसको सोझो असर परिरहेको छ ।
तपाईं/हामीलाई थाहा छ, आँखा अति संवेदनशिल अंग हो । जब आँखाको दृष्टि गुम्छ, संसार अध्याँरो हुन्छ । हाम्रो दिनचर्या पुरै प्रभावित हुन्छ । आँखामा आउने सानो समस्याले पनि विकराल रुप लिन सक्छ । त्यसैले यसको उचित स्याहार जरुरी हुन्छ । चोटपटक लागेर मात्र नभई अन्य विभिन्न कारण आँखा खराव हुन्छ । आँखामा कसरी खराबी आउँछ ? त्यसका संकेतहरु के हुन् ? यस सम्बन्धमा हामीले आँखा रोग विशेषज्ञ शैलेश प्रधानसँग प्रश्नोत्तर गरेका छौं ।
आँखामा समस्या निम्त्याउने मूल कारण के हो ?
विभिन्न रोग हुन्छन्, जसले आँखामा असर पुर्याउँछ । त्यसमध्ये मधुमेहको समस्याले आँखामा सबैभन्दा बढी असर पुर्याउँछ । मधुमेह हुँदा शरिरमा चिनीको मात्रा बढ्दै जान्छ । त्यो, आँखामा पनि पुग्छ ।
मधुमेहले कसरी आँखामा असर पुर्याउँछ ?
मधुमेहको कारणले हुने भनेको ‘मेटावोलिक डिजिज’ हो । यस्तो डिजिजले आँखाको लेन्समा असर पार्छ । जसले गर्दा मोतिविन्दु हुन जान्छ । खासगरी आँखामा आफ्नै लिमिटमा मेटावोलिजम चाहिन्छ । यसको मात्र अलिकति पनि बढी भयो भने डिसअर्डर हुन जान्छ । जसको कारण आँखा खराव हुने गर्छ ।
जलविन्दुले कसरी आँखामा क्षति पुर्याउँछ ?
आँखामा विभिन्न नशाहरु हुन्छन् । त्यही नशाले नै आँखालाई सन्तुलन राख्ने काम गर्छ । त्यस्ता नशामा पानीको मात्रा तलमाथि भयो भने जलविन्दु हुन जान्छ । जलविन्दु नशाको समस्या हो । फेरी जलविन्दुले आँखाको अप्टीकल नर्भलाई ड्यामेज गर्दै लैजान्छ ।
जसले गर्दा आँखामा अतिरिक्त चाप पर्छ । यस्तो अवस्थामा मानिस पूर्ण रुपमा अन्धो पनि हुन सक्छ । यसरी गुमेको ज्योतिको उपचार सम्भव छैन । त्यसैले जलविन्दु भएको अवस्थामै राम्रोसँग उपचार गर्न जरुरी हुन्छ ।
के कारणले आँखा रातो हुन्छ ? यो कति खतरनाक छ ?
बेला बेला आँखा रातो हुने समस्या हुन्छ । यसका धेरै कारणहरु छन् । घामको किरण, हावा, प्रदुषित वातावरण, आर्युवेद र केमिकलयुक्त ठाउँमा काम गर्दा आँखा रातो हुने गर्छ । यस्तो समस्यालाई वेवास्ता गर्दा आँखामा विभिन्न खालका इन्फेक्सन हुन्छ । जसले गर्दा आँखा दृष्टि कमजोर हुँदै जान्छ ।
अहिले कम्युटर, टेलिभिजन, मोवाइलको स्क्रिनले पनि आँखालाई क्षति पुर्याइरहेको छ ? यसले कसरी असर गर्छ ?
चलिरहेको कम्प्युटर, टिभिको स्क्रिनमा लगातार लामो समय हेर्दा पनि आँखासम्बन्धि विभिन्न समस्या आउँछन् । हेर्दा आँखामा पानीको मात्रा सुक्दै जान्छ । र, आँखा सुक्खा हुने गर्छ । जसले गर्दा आँखामा तनाव पैदा हुन्छ । अनि आँखा खराव हुँदै जान्छ ।
वातवरणीय प्रदूषण, खासगरी धुलो-धूँवाको असर कस्तो हुन्छ ?
आँखा खराव गर्ने अर्को कारण भनेको धुलो पनि हो । आँखामा आइलिडहरु हुन्छन्, जुन चलिरहन्छन् । र, धुलो त्यही आइलिडमा गएर बस्ने गर्छ । जसले आँखाको कर्नीयालाई ड्यामेज गर्ने काम गर्छ । धुलोको कारण आँखामा घर्षण पनि उत्पन्न हुन्छ । जसले आँखामा विभिन्न खालका व्याक्टेरियल, भाइरल इन्फेक्सहरु बनाउँछ । त्यसपछि एलर्जी हुन्छ र आँखा खराव हुँदै जान्छ ।
शारीरिक रोग वा कमजोरीले पनि आँखामा असर गर्छ ?
क्षय रोग (टिवि)को समस्याले पनि आँखालाई समस्या पार्छ । विशेष गरि फोक्सोमा हुने टिविले आँखामा बढी असर पुर्याइरहेको हुन्छ । त्यस्तै, औषधीलेसमेत आँखामा ठूलो असर पार्छ । त्यसैले वाध्यात्मक अवस्थामा बाहेक औषधीको सेवन गर्नु हुँदैन । टाक्सीन्स हुने खालका औषधीले आँखालाई बढी असर पुर्याउने गर्छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द