त्रिभुवन विश्वविद्यालयको गम्भीर लापरबाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका नै गायब भएको छ । २०७४ सालमा दिएको बिबिएस तेस्रो वर्षका लागि ‘नेपालको कर प्रणाली’ को विषयका सबै उत्तरपुस्तिका गायब भएको हो । परीक्षामा ६९ विद्यार्थी सहभागी थिए ।
परीक्षा सम्पन्न भई नतिजा प्रकाशन गर्ने समयमा सबै परीक्षार्थीको उक्त विषयको उत्तरपुस्तिका हराएको त्रिविले जानकारी गराएको हो । त्रिविले विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको जानकारी गराएको क्याम्पसका प्रमुख दुर्गा अधिकारीले जानकारी दिए । त्रिविले उत्तरपुस्तिका गायब भएको वा नष्ट भएको भन्नेबारेमा खुलाएको छैन । ‘तर, सिन्धुली बहुमुखी क्याम्पसबाट बिबिएस तेस्रो वर्षका लागि नेपालको कर प्रणालीको विषयको परीक्षामा सामेल सबै विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले पुनःपरीक्षा गराउनु पर्ने जानकारी मात्र गराएको छ’, उनले भने ।
त्रिविले उक्त विषयमा परीक्षामा सामेल विद्यार्थीको पुनः परीक्षा गराउनुको विकल्प नभएको जनाएको अधिकारीको भनाइ छ । गम्भीर लापरबाहीलाई लुकाउन पुनः परीक्षा गराएर नतिजा सार्वजनिक गर्ने समयमा त्रिविको कमजोरीबारे थाहा पाएका विद्यार्थी भने आक्रोशित छन् ।
क्याम्पसका विद्यार्थीले एक वर्ष अघिनै दिएको परीक्षाको उत्तरपुस्तिका गायब भएको खबर थाहा पाएपछि आक्रोशित भएका हुन् । उनीहरूले यो विश्वविद्यालयको गम्भीर त्रुटि भएको जनाएका छन् । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनः परीक्षा गराउनु विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको सम्बन्धित विद्यार्थीले प्रतिक्रिया दिएका छन् ।
सिन्धुलीका विद्यार्थीका कारण उक्त विषयका देशैभरका विद्यार्थीको नतिजा प्रकाशन हुन ढिलो भएको छ । उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा गराउने भने पनि कुनै तयारी नगरिएकाले परीक्षा गरेर नतिजा प्रकाशन गर्दा थप समय लाग्ने देखिएको छ ।
उत्तरपुस्तिका हराएको बारेमा जानकारी पाएका विद्यार्थीले क्याम्पसमा पुगेर र सामाजिक सञ्जालमार्फत त्रिविको चर्को विरोध गरेका छन् । उता उत्तरपुस्तिका गायब भएको र पुनः परीक्षा गराउनु पर्ने विषयमा बुझ्न आफू त्रिविमा जान लागेको क्याम्पस प्रमुख अधिकारीले बताए । उनले काठमाडौंबाट फर्केपछि थप जानकारी गराउने भन्दै विद्यार्थीलाई आश्वास्त पारेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द