Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

उत्तरपुस्तिका नै गायब

User Photo आइतवार, अशोज २१, २०७५

त्रिभुवन विश्वविद्यालयको गम्भीर लापरबाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका नै गायब भएको छ । २०७४ सालमा दिएको बिबिएस तेस्रो वर्षका लागि ‘नेपालको कर प्रणाली’ को विषयका सबै उत्तरपुस्तिका गायब भएको हो । परीक्षामा ६९ विद्यार्थी सहभागी थिए ।

परीक्षा सम्पन्न भई नतिजा प्रकाशन गर्ने समयमा सबै परीक्षार्थीको उक्त विषयको उत्तरपुस्तिका हराएको त्रिविले जानकारी गराएको हो । त्रिविले विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको जानकारी गराएको क्याम्पसका प्रमुख दुर्गा अधिकारीले जानकारी दिए । त्रिविले उत्तरपुस्तिका गायब भएको वा नष्ट भएको भन्नेबारेमा खुलाएको छैन । ‘तर, सिन्धुली बहुमुखी क्याम्पसबाट बिबिएस तेस्रो वर्षका लागि नेपालको कर प्रणालीको विषयको परीक्षामा सामेल सबै विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले पुनःपरीक्षा गराउनु पर्ने जानकारी मात्र गराएको छ’, उनले भने ।

त्रिविले उक्त विषयमा परीक्षामा सामेल विद्यार्थीको पुनः परीक्षा गराउनुको विकल्प नभएको जनाएको अधिकारीको भनाइ छ । गम्भीर लापरबाहीलाई लुकाउन पुनः परीक्षा गराएर नतिजा सार्वजनिक गर्ने समयमा त्रिविको कमजोरीबारे थाहा पाएका विद्यार्थी भने आक्रोशित छन् ।

क्याम्पसका विद्यार्थीले एक वर्ष अघिनै दिएको परीक्षाको उत्तरपुस्तिका गायब भएको खबर थाहा पाएपछि आक्रोशित भएका हुन् । उनीहरूले यो विश्वविद्यालयको गम्भीर त्रुटि भएको जनाएका छन् । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनः परीक्षा गराउनु विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको सम्बन्धित विद्यार्थीले प्रतिक्रिया दिएका छन् ।

सिन्धुलीका विद्यार्थीका कारण उक्त विषयका देशैभरका विद्यार्थीको नतिजा प्रकाशन हुन ढिलो भएको छ । उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा गराउने भने पनि कुनै तयारी नगरिएकाले परीक्षा गरेर नतिजा प्रकाशन गर्दा थप समय लाग्ने देखिएको छ ।

उत्तरपुस्तिका हराएको बारेमा जानकारी पाएका विद्यार्थीले क्याम्पसमा पुगेर र सामाजिक सञ्जालमार्फत त्रिविको चर्को विरोध गरेका छन् । उता उत्तरपुस्तिका गायब भएको र पुनः परीक्षा गराउनु पर्ने विषयमा बुझ्न आफू त्रिविमा जान लागेको क्याम्पस प्रमुख अधिकारीले बताए । उनले काठमाडौंबाट फर्केपछि थप जानकारी गराउने भन्दै विद्यार्थीलाई आश्वास्त पारेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.