Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

कान भित्र साङ्लाकाे घर, जाँच गर्दा चिकित्सक नै चकित

कानबाट निकालियाे १० वटा साङ्ला

User Photo शुक्रबार, पुस ११, २०७६
काठमाण्डाै ।

‘मेरो कानमा ठूलै चोट परेको छ’ यसो भन्दै २४ वर्षीय व्यक्ति उफ्रिँदै अस्पताल पुग्छन् । एल भि नाम गरेका युवा दाहिने कानमा तीव्र दुखाई भएपछि अस्पताल पुग्छन्। यो दुखाइ पछि ठूलै समस्या बन्यो।

उनको कानको जाँच गरेपछि अस्पतालका चिकित्सक नै अचम्ममा परे। द न्यु योर्क पोष्टका अनुसार उनको कानमा केही वस्तुले कोरेको वा केही घिस्रेको जस्तो महसुस हुन्थ्यो । चिकित्सकले जाँचमा कानमा फोहोर साङ्लाको परिवार भेटाए । कानको छेउदेखि भित्रसम्म साङ्लाले घर बनाएर बसेका रहेछन्।

युवकलाई चीनको गुआंग्डोंग प्रान्तको सान्हे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकका अनुसार उनको कानमा बत्ती बलेको छ र साङ्लाले कानभित्र ठूलो गुँड लगाएको जस्तो देखिन्थ्यो ।

सान्हे अस्पतालका नाक, कान घाँटी विशेषज्ञ सम्भवत यो सामान्य दुखाई मात्र होला सोचेको बताउँछन् । उनले आफ्नो चिकित्सा करियरमा यस्तो अच्चमको घटना नदेखेको बताए। उनी भन्छन्, ‘नयाँ चिजहरुले छिटो मोड लिने रहेछ ।

यस्ता अनावश्यक र असुविधाजनक कुराले ठूलो समस्या निम्त्याउन सक्छ,’ डा.यिजिन भन्छन् । ती व्यक्तिको कानबाट १० वटा साङ्ला निकालियो । जुन कानको वरिपरि घुमिरहेका थिए ।

कानभित्र घर बनाएर बसेका ती साङला निकाल्न चिकित्सले एक साधारण चिम्टीको प्रयोग गरे । चिम्टीको मद्धतले एकएक गरी साङ्ला निकाले । एल भि को कानबाट बिस्तारै साङ्ला, सानो बच्चा र साङ्लाले बनाएका अण्डाहरु बाहिर निकालियो ।

सान्हे अस्पतालका इ एन टि प्रमुख डा.जियाङ टेन्जियाङका अनुसार एल भिको जीवनशैली व्यवस्थित छैन् । उनी निकै फोहोर कोठामा बस्छन् । उनी सुत्ने ओछ्यानमा फाहोर र राती बाहिर खाना छाड्ने बानी थियो । यसैबीच साङ्लाहरु उनी वरिपरि रमाइलो गर्दै चल्ने गर्छन् । यसै क्रममा साङ्ला उनको कानमा पसेका हुन् ।

उनले यती गम्भीर लापरवाही गर्दागर्दै पनि उनको कानमा सानो चोटपटक मात्र लाग्यो । एन्टिबायोटिक र केही औषधि उपचारपछि उनलाई घर पठाइएको थियो । डा. यिन्जिङ भन्छन्, ‘राम्रो सरसफाइ अभ्यास गर्नुहोस, आफू वरिपरिका नाली र ढल किटाणुरहित राख्ने, झ्यालमा जालको प्रयोग गर्ने। यसले किराहरु नाक र कानमा घुस्नबाट बचाउँछ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.