Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

पाकिस्तानकाे मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु

User Photo
बुधबार, साउन ९, २०७५

काठमाडौं । पाकिस्तानमा कडा सुरक्षा बीच आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ । उक्त घटनामा ३१ जनाको मृत्यु भएको छ ।

शहरको पूर्वी बाइपास क्षेत्र स्थित मतदान केन्द्रमा भएको हमलामा मृत्यु हुनेमा प्रहरी अधिकारी र सर्वसाधारण मतदाताहरु रहेका छन् ।

हमलामा ३० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

क्वेटा शहरको प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार एक आत्मघाती हमलाकारीले तमिर-आइ-नाउ विद्यालयमा रहेको मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला गरेका थिए ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार हमलाकारीले प्रहरीको भ्यानलाई लक्षित गरी बम पड्काएका थिए ।

क्वेटाका एक स्थानीय अधिकारी हासिम घिजाइले भने, ‘आक्रमणकारी मतदान बुथमा छिर्न खोजिरहेका थिए जब प्रहरीले उनलाई रोक्यो त्यसपछि उनले बम पड्काए ।’

इस्लामिक स्टेट समूहले आफ्नो आधिकारिक न्यूज एजेन्सी अमाकमार्फत उक्त आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ ।

यस पटकको आम निर्वाचनमा मतदान सुरु भएपछि यो नै सबैभन्दा ठूलो हिंसात्मक घटना हो । पाकिस्तानको अन्य स्थानहरुमा भने मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण रुपमा चलिरहेको छ ।

आम निर्वाचनमा सबैभन्दा संवेदनशील मानिएको बलुचिस्तान प्रान्तमा निर्वाचन अभियानको क्रममा यसअघि भएका विभिन्न आत्मघाती हमलामा १८० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

पाकिस्तान सरकारले निर्वाचनको सुरक्षाको लागि ३ लाख ७० हजार भन्दा धेरै सेना र ४ लाख ५० हजार भन्दा धेरै प्रहरी खटाएको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.