Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

सैनिकलाई थप्पड र लात हान्ने युवती जेलबाट रिहा

User Photo
सोमवार, साउन १४, २०७५

इजराइली सैनिकलाई थप्पड हान्ने प्यालेस्टाइनी युवतीलाई आठ महिनापछि जेलमुक्त गरिएको छ ।

अहद तमिमि नामकी यी युवतीले इजराइली सैनिकलाई थप्पड हानेको भिडियो निकै भाइरल भएको थियो । उनलाई वेस्ट बैंकबाट पक्राउ गरिएको थियो ।प्यालेस्टिनीहरुका लागि उनी प्रतिरोधको प्रतिक बनिसकेकी छिन् तर केही मानिसका अनुसार उनी जबर्जस्ती चर्चा चाहने युवती हुन् ।

जेलबाट रिहा भएपछि घर जाने क्रममा उनलाई शहरका शुभचिन्तकले घेरेका थिए ।भीडलाई सम्बोधन गर्दै अहदले भनिन्, ‘जबसम्म हाम्रो शहरबाट कब्जा हटाइन्नँ तबसम्म प्रतिरोध जारी रहन्छ ।’उनलाई गत डिसेम्बरमा इजराइली सेनाले पक्राउ गरेको थियो । तब उनी १६ वर्षकी थिइन् । उनीमाथि सैनिकमाथि हमला, ढुङ्गा फ्याँकेको र हिंसा भड्काएका १२ आरोप लागेका थिए ।गत मार्चमा उनले हिंसा भड्काएको र हमलाको आरोपलगायत चार आरोप स्विकार गरेकी थिइन् ।

भाइरल भएको उनको भिडियो सन् २०१७ डिसेम्बर १५ तारिखमा उनकी आमाले बनाएकी थिइन् जसमा उनको घरबाहिरको सडकमा दुई सैनिक उनीमाथि चिच्याइरहेका छन् र धक्का दिइरहेका छन् ।

अहद तमिमिले प्रि–ट्रायल सुनुवाईमा त्यसदिन रबर बुलेटले उनका १५ वर्षीय काकाको छोरा मोहम्मदको टाउकोमा गोली हानेको देखेपछि आफूले सैनिकमाथि हमला गरेको बताइन् ।इजराइली सेनाका अनुसार उनीहरुले विरोध प्रदर्शन रोक्नका लागि तमितिलाई घर पठाउनु परेको थियो । सेनाले मोहम्मद बाइकबाट लडेका कारण चोट लागेको जानकारी दिए ।

घटनापछि इजराइलकी शिक्षामन्त्री नफ्ताली बेनेटले उनको ‘जीवन जेलमा नै समाप्त होस्, उनी यसैको लायक छिन्’ भनिन् ।

थुप्रै इजराइली नागरिकले अहम तमिमिको परिवारले उनको शोषण गरिरहेको छ किनभने उनीहरुले अहदको भिडियो इजराइली सेनालाई भड्काउनका लागि प्रयोग गरिरहेको आरोप लगाए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.