Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

भारतको महाराष्ट्रमा सुरु भएको आन्दोलनले हिंसात्मक

User Photo मङ्लबार, साउन १५, २०७५
काठमाण्डाै ।

मराठा समुदायलाई सरकारी जागिर र शिक्षामा १६ प्रतिशत आरक्षणको माग गर्दै भारतको महाराष्ट्रमा सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ ।सोमबार धेरै स्थानमा आगजनी, सडक जाम, प्रहरीमाथि आक्रमण लगायतका घटना भए । एक व्यक्तिले गुडिरहेको रेलको अगाडि हामफालेर आत्महत्या गरे ।

पुणेमा आन्दोलनकारीले एक सय भन्दा धेरै गाडीहरुमा आगजनी गरेका भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । आन्दोलनकारीले मुम्बईमा ‘जेल भरो’ आन्दोलन सुरु गर्ने चेतावनी पनि दिएका छन् ।पुणेको चाकन क्षेत्र र त्यस वरपरका उस्मानावाद, सोलापुर, कोल्हापुर, नन्दुरबार र औरंगावादमा आगजनी, हिंसा र सडक जामका घटनाहरु भएका छन् । पैदल र मोटरसाइकल ¥यालीसहित सरकारविरुद्ध नाराबाजी भएको छ । धेरै क्षेत्रमा प्रहरी कार्यालय आसपास निषेधाज्ञा जारी गरिएको छ ।

औरंगावादमा प्रमोद होरे पाटिलले फेसबुकमा स्टाटस राखेर रेलको लिकमा हामफालेर आत्महत्या गरेका छन् । उनले आइतबार नै आत्महत्या गरेका थिए तर उनको शव सोमबार मुकुन्दवाडी रेलवे स्टेशनमा फेला परेको थियो । यो घटनापछि जिल्लाका केही स्थानमा बन्द आह्वान गरिएको थियो ।मराठा आन्दोलनकारीले पुणेको चाकन, हिजेवाडी, खेड र पुणे–नासिक राजमार्गमा चल्ने पाँच बससहित दर्जनौं गाडीहरुमा आगजनी भएको छ । प्रदर्शनकारीले चाकन पुलिस थानालाई पनि निशाना बनाएका थिए । उक्त हिंसामा पाँच प्रहरी घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । चाकन र त्यस आसपासका शहर पूर्णरुपमा बन्द रहे । सबै राजनीतिक दलहरुले मराठा नेताहरुलाई शान्ति र संयमता अपनाउन आह्वान गरेका थिए ।

यसबीच सत्तारुढ शिवसेना, विपक्षी कांग्रेस र राष्ट्रवादी कांग्रेसले हिंसा रोक्न तथा मराठा आन्दोलनको समाधान खोज्न आग्रह गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसलाई पत्र लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.