Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

२६ वर्षका चर्चित अमेरिकी र्‍यापरले किन गरे आत्महत्या ?

User Photo
आइतवार, भदौ २४, २०७५

चर्चित अमेरिकी र्‍यापर म्याक मिलर क्यालिफोर्नियास्थित लस एन्जिल्स नजिकै आफ्नो घरमा मृत भेटिएका छन् ।

२६ वर्षे म्याकको मृत्यु ड्रग ओभरडोजका कारण भएको बताइन्छ ।


advertisement

उनले पहिले पनि ड्रगको खतरनाक मात्रा लिने गरेको स्विकारेका थिए । हालै उनको एक एल्बम रिलिज भएको थियो र यसका लागि उनी टूर पनि थिए ।

म्याक मिलर सन् २०११ मा एक एल्बमपछि निकै लोकप्रिय भएका थिए ।

यस वर्षको सुरुवातमा मिलरकी प्रेमिका एवं गायिका अरियाना ग्रान्देसँग ब्रेकअप भएको थियो ।

म्याक र अरियानाको भेट सन् २०१२ मा भएको थियो । दुबैले एक कन्सर्टमा सँगै गीत पनि गाएका थिए ।

गत मे मा मिलरविरुद्ध मुद्धा पनि दर्ता भएको थियो । उनीमाथि लागुऔषधको नशामा गाडी चलाएको र हिट एण्ड रनको आरोप थियो ।

म्याकका प्रशंसकले अरियानालाई पक्राउका लागि जिम्मेवार देखाएका थिए । त्यसपछि अरियानाले सार्वजनिक रुपमा आफ्नो ‘टक्सिक रिलेशन’ समाप्त भएको जानकारी दिएकी थिइन् ।

उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘म बच्चा सम्हाल्ने कुनै कामदार वा आमा होइन र कुनै पनि महिला यस्तो हुनुपर्ने आवश्यक पनि छैन । उनले आफ्नो नशा त्याग्लान् भन्ने आशमा मैले यतिका वर्ष बिताएँ, तर उनले कहिले पनि यसो गरेनन् । ’

मिलरले आफ्नो करियरको सुरुवात निकै चाँडै गरेका थिए । पेन्सिल्वेनियामा जन्मेका मिलरको बाल्यकालदेखि नै संगीतप्रति झुकाव थियो । उनले १५ वर्षको उमेरमा आफ्नो पहिलो र्‍याप बनाएका थिए ।

लोकप्रिय भएपछि उनले सन् २०१३ मा एमटिभीको एक रियालिटी सिरिजमा भाग लिएका थिए । त्यसपछि उनी लस एन्जिल्स गए जहाँ उनले निकै चर्चित कलाकारसँग मिलेर एल्बम निकाले ।

थुप्रै कलाकारले म्याकलाई श्रद्धाञ्जली दिएका छन् ।बीबीसी


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.