Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

अमेरिकाको सहयोगबिना साउदी अरब दुई हप्ता पनि टिक्न सक्दैन : ट्रम्प

User Photo
बुधबार, अशोज १७, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको घनिष्ट मित्र राष्ट्र साउदी अरबका नेतृत्वको अपमान गरेको आफैले सार्वजनिक गरेका छन् । आफ्ना समर्थकहरुको भेलामा ट्रम्पले साउदी अरबका राजा सलमानलाई अमेरिकी सैन्य सहयोग बिना ‘दुई हप्ता पनि’ सत्तामा टिक्न नसक्ने बताएको खुलासा गरेका हुन् ।

पश्चिमा मिडियाहरुले ट्रम्पको भनाई गैरकुटनीतिक टिप्पणी भनेर आलोचना गरेका छन् ।

“हामीले साउदी अरबलाई रक्षा गर्छौँ । तपाईंहरु उसलाई सम्बृद्ध छ भन्नु होला र म पनि राजा सलमानलाई मन पनि पराउँछु । तर मैले राजालाई ‘तपाईंहरुलाई हामीले रक्षा गरिरहेका छौँ भनिदिएँ ।”

मिस्सिसिपी राज्यको साउदभेनमा भएको ¥यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले थप भने, “हामी बिना तपाईंहरु दुई हप्ता पनि टिक्नुहुँदैन । तपाईंहरुले आफ्नो सेनाको खर्च आफैले गर्नुपर्छ ।”

तर ट्रम्पले साउदी राजालाई यस्तो टिप्पणी कहिले गरेको भन्ने बारेमा भने केही बताएनन् ।

यी कटु शब्दहरुको वावजुद ट्रम्प प्रशासनको साउदी अरेबीयासँग राम्रो सम्बन्ध रहेको छ । अमेरिकाले साउदीलाई उक्त क्षेत्रमा इरानको बढ्दो महत्वकांक्षा विरुद्धको आफ्नो साहारा ठान्ने गरेको छ ।

ट्रम्पले राष्ट्रपति भएपछिको आफ्नो विदेश भ्रमण साउदी अरबबाट शुरु गरेका थिए ।

ट्रम्पले शनिवार मात्रै साउदी राजा सलमानलाई फोन वार्ता गरेको समाचार आएको थियो । साउदी समाचार एजेन्सी एसपीएका अनुसार दुई देशका नेताहरुले तेल बजारको स्थीरता सुनिश्चित गर्नेबारे र विश्वको आर्थिक वृद्धीबारेमा कुरा गरेका थिए ।

साउदी अरेबिया संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता राष्ट्र हो । यही आधारमा यो स्वतः ओपेकको नेतृत्व राष्ट्र पनि हो ।

ट्रम्पले यो संस्थाको तेलको मुल्य उच्च राख्न रहेको भूमिकाको विभिन्न समयमा आलोचना गर्ने गरेका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा बोल्ने क्रममा अघिल्लो महिना ट्रम्पले ओपेक सदस्यहरुले ‘बाँकी विश्वलाई ठगिरहेको’ बताएका थिए ।

‘हामी यीमध्ये धेरै जसो देशहरुको बिनाकारण प्रतिरक्षा गरिरहेका छौँ । अनि उनीहरु हामीहरुलाई नै तेलको उच्च मूल्य लगाएर हामीहरुको फाइदा उठाइरहेका छन् । यो राम्रो होइन । हामी उनीहरुले मूल्यवृद्धी रोकुन् भन्ने चाहन्छौं । हामीहरु उनीहरुले मुल्य वृद्धी कम गर्न शुरु गरुन् भन्ने चाहन्छौँ,’ ट्रम्पले भने ।

उनले अन्य अमेरिकी मित्र राष्ट्रहरु जापान, दक्षिण कोरिया र जर्मनीलाई पनि आफ्नो सुरक्षा खर्च बढाउन दबाब दिइरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.