Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

च्याम्पियन्स लिगको ८ हजारौँ गोल कसको ?

User Photo
बिहिबार, अशोज १८, २०७५

बुधबार राती च्याम्पियन्स लिगमा ८ हजारौँ गोलको कोशेढुंगा पार भयो ।

तर, केही समय कसले ८ हजारौँ गोल पार गर्यो भन्ने विषयमा अन्यौल कायम रह्यो ।

एन्टोनियो ग्रिजमान र एरिक लमेलाले केही सेकेन्डको अन्तरालमा गोल गरे ।

च्याम्पियन्स लिगको ट्वीटर अकाउन्टले ग्रिजमानको गोललाई ८ हजारौँ गोलको मान्यता दियो भने ओप्टाले लामेलालाई ।

खेलको समयअनुसार ग्रिजमानले ६७ औँ मिनेटमा गोल गरेका थिए भने लामेलाले ६६ औँ मिनेटमा ।

तर, वास्तविक समयअनुसार भने फ्रेन्च स्ट्राइकरको गोल लामेलाकोभन्दा अघि थियो ।

त्यही भएर अन्ततः आठ हजारौँ गोलको मान्यता ग्रिजमानले पाए ।

ग्रीजमानको दुई गोलको मद्दतले एथ्लेटिको म्याड्रिडले क्लब ब्रागलाई ३–१ हरायो ।

समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले मोनाकोलाई ३–० गोलले पराजित गर्यो ।

गोलअन्तरको आधारमा समूह एमा डर्टमण्ड शीर्ष स्थानमा रहेको छ भने एथ्लेटिको दोस्रो स्थानमा रहेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.