Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

ऋषि कपुरलाई क्यान्सर ? यस्तो भन्छन् दाइ रणधीर

User Photo
बिहिबार, अशोज १८, २०७५

ऋषि कपुरलाई क्यान्सर भएको छ ? के उनी क्यान्सरको तेस्रो स्टेजबाट गुज्रिरहेका छन् ? यसैको उपचार गराउन के उनी अमेरिका गएका हुन् । ऋषि कपुरका प्रशंसकहरुले सोसल मिडियामा यस्तै प्रश्न गरिरहेका छन् ।

यसैबीच ऋषि कपुरका दाइ रणधीर कपुरले एक इन्टरटेन्मेन्ट साइटसँगको अन्तर्वार्तामा यसबारे जानकारी दिएका छन् ।


advertisement

उनले भने, ‘ऋषि कपुरको स्वास्थ्य राम्रो छ । उनको परिक्षण बिहिबारदेखि सुरु हुँदैछ । जबसम्म परिक्षण हुँदैन तबसम्म हामीले उनलाई के भएको हो, यकिनका साथ कसरी भन्न सक्छौं । यस्ता अड्कलको पनि पूर्ण रुपमा खण्डन गर्न चाहन्छु । यो हाम्रो लागि निकै दुःखको स्थिती हो । भर्खरै हामीले हाम्री आमालाई गुमाएका छौं । यसैबीच ऋषिको विषयमा विभिन्न अड्कलबाजी गरिन् निकै नराम्रो हो ।’

आमाको अन्तिम संस्कारमा पनि आएनन् ऋषिः

सोमबार ऋषि र रणधीरकी आमा कृष्णा राज कपुरको हृदयघातका कारण मृत्यु भएको थियो र उपचारका लागि अमेरिकामा भएकाले उनी आमाको अन्तिम संस्कारमा पनि उपस्थित हुन पाएनन् । उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुर पनि यतिबेला अमेरिकामा छन् । खबरका अनुसार सोनाली बेन्द्रेको उपचार भइरहेको अस्पतालमा नै ऋषिको उपचार भइरहेको छ ।

ऋषि आफैंले ट्वीट गरेर उपचारको जानकारी दिएका थिएः

ऋषि कपुर उपचारका लागि अमेरिका जानेबेला ट्वीटरमा यसबारे जानकारी दिएका थिए । उनले ट्वीटमा लेखेका थिए –

‘सबैलाई हेलो, कुनै कुराको उपचार गराउनका लागि अमेरिका जाँदैछु । म आफ्नो शुभचिन्तकलाई कुनै प्रकारको बेमतलब अनुमान नगर्न आग्रह गर्छु । मैले फिल्ममा काम गरेको ४५ वर्षभन्दा बढी भइसक्यो  । तपाईंहरु सबैको प्रेम र प्रार्थनाका कारण म चाँडै नै फर्किएर आउनेछु ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.