विज्ञानका पिता अल्वर्ट आइन्स्टाइनले ‘धर्म र भगवान’ सम्बन्धी लेखेको एक चिठ्ठी बिक्रीमा राखिएको छ। जसको मूल्य १५ लाख अमेरिकी डलर तोकिएको छ।
सन् १९५५ मा मृत्यु हुनुपूर्व उनले त्यस चिठ्ठी जर्मन दार्शनिक इरिक गटकाइन्डलाई लेखेका थिए।
चिठ्ठीमा लेखिएको छ, ‘भगवान शब्दले मलाई कुनै अर्थ राख्दैन। यो मानवीय कमजोरी व्यक्त गर्ने माध्यम हो।’ उनले बाइबलमा भगवानलाई जत्तिनै सम्मान गरिएपनि यो रुढीवादी सोच भएको बताएका छन्।
‘धर्म र विज्ञान’बीचको विवादमा आइन्स्टाइनको उक्त चिठ्ठीलाई महत्वका साथ हेर्ने गरिन्छ।
आइन्स्टाइनले चिठ्ठीमा भनेका छन्, ‘मेरा लागि जिउज धर्म अन्य धर्म सरह हुन्। अन्धविश्वासको पुर्नजन्म।’
आइन्सटाइनको यस चिठ्ठीलाई सन् २००८ मा बोलाबोलमा राखिएको थियो। त्यसबेला चिठ्ठी ४ लाख ४ हजार डलरमा बिक्री भएको थियो।
धर्मविरोधी यस चिठ्ठीलाई अझैपनि विभिन्न धर्मका व्यक्तिले आलोचना गर्दै आएका छन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द