भारत–रुसबीच ७ अर्ब डलरको सम्झौता हुने तयारी, के के हुँदैछन् सम्झौता ?

शुक्रबार, अशोज १९, २०७५, । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणको क्रममा छन् । शुक्रबार दोस्रो दिनको भ्रमणको क्रममा भारतसँग केही महत्वपूर्ण सम्झौता हुनसक्ने बताइएको छ ।

स्रोतले दिएको जानकारीअनुसार रुससँग भारतले ७ अर्ब डलरबराबरको सम्झौताको तयारी गरेको छ । जसमा निम्न सम्झौताहरु सामेल छन् –

एस–४०० मिसाइल सम्झौता

भारत र रुसको बीचमा हुन लागेको यो सबैभन्दा महत्वपूर्ण सम्झौता हो । यो सम्झौता ५ अर्ब २० करोड डलरको हुनेछ । एस–४०० मिसाइल सम्झौतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिनको भेटको क्रममा हस्ताक्षर हुनसक्ने बताइएको छ । यो प्रणाली सन् २०२० सम्म भारत आइपुग्ने अनुमान गरिएको छ । यसले भारतको सैन्य क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।

नेवीको लागि ४ वारसिप खरिद सम्झौता

शुक्रबार हुन लागेको सम्झौतामा भारतीय नेभीको लागि ४ वारसिप खरिदको सम्झौता एक महत्वपूर्ण हिस्सा बन्नसक्ने बताइएको छ । यो सम्झौता २ अर्ब २० करोड डलरको हुनसक्ने बताइएको छ । लामो समयदेखि भारतको नेभीलाई एडभान्स वारसिपको प्रतीक्षा रहेको छ ।

एके–१०३ रुसी राइफल खरिद सम्झौता

भातमा रुसी राइफल निर्माण गर्ने सम्बन्धमा पनि शुक्रबार महत्वपूर्ण सम्झौता हुनसक्ने बताइएको छ । जसमा भारतीय विभागको पनि साझेदारी हुने बताइएको छ । यो सम्झौतामा आधारित रहेर प्रविधिको साझेदारीलगायतका अन्य विषयहरुमा पनि सम्झौता हुनसक्ने बताइएको छ ।

पैसाको अभावमा रोकिँदैछन् केही सम्झौता

भारत र रुसको बीचमा हुने अनुमान गरिएका केही सम्झौताहरु रोकिने भएका छन् । जसमा एक अर्ब १० करोड डलरको मिडियम लिफ्ट सम्झौता पनि समावेश थियो । सन् २०१५ देखि लिएर दुई मुलुकहरुको बीचमा ४८ एमआई–१७ चापर्सको विषयमा पनि छलफल चल्दै आएको थियो । भारतलाई भुक्तानीमा भने केही समस्या आउनसक्ने बताइएको छ ।

अमेरिकाले लगाउनसक्ने प्रतिबन्धको कारण भारतको लागि सम्झौताको रकम भुक्तानीमा समस्या आउनसक्ने बताइएको हो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, अशोज १९, २०७५ (October 5, 2018, 12:35 pm) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै