चारबर्ष अघि विश्वकप फुटबलको उपाधि चुमेको जर्मनीलाई त्यसयता फुटबलमा भाग्यले साथ दिएको छैन । रुस विश्वकपको समूह चरणबाट बाहिरिएको जर्मनी अन्य अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि खुलेर खेल्न सकिरहेको छैन ।
खराव नतिजाबाट गुज्रिएको जर्मनी युइएफए नेसन्स लिगमा पनि रेलिसेसनको चपेटामा परेको छ । नेसन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनी नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीमा रोकिएपछि रेलिगेसनमा परेको हो ।
नेदरल्यान्ड्सको बराबरीले विश्वकप विजेता फ्रान्स पनि रेलिगेसनमा पर्न बाध्य भयो । नेदरल्यान्ड्सले समूहमा चार खेलबाट सात अंक बनायो । समान सात नै अंक बनाएको फ्रान्स गोलअन्तरका आधारमा पछि पर्यो ।
खेलमा २–० गोलको अग्रता लिएर पनि जर्मनीले अन्तिममा हार बेहोरेको थियो । टिमो वार्नर र लिरो सानेले पहिलो हाफमा गोल गर्दै जर्मनीको उत्साह थपेका थिए । वार्नरले नवौं मिनेटमा खाता खोलेका थिए । १९औं मिनेटमा सानेले दोस्रो गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । त्यसपछि जर्मनीले रक्षात्मक रणनीति अपनाएको थियो । तर, खेलले अन्तिम पाँच मिनेट नाटकिय मोड लियो ।
नेदरल्यान्ड्सका क्वेन्सी प्रोमेसले सानदार गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ९०औं मिनेटमा भर्जिल भान डिज्कले बराबरी गोल फकाउँदै टोलीलाई सेमिफाइनलमा पुरयाएका थिए । समूह ए मा रहेको नेदरल्यान्ड्सले विश्वकप विजेता फ्रान्सलाई समेत पछि पार्दै शिर्ष स्थान ओगट्यो । नेदरल्यान्ड्सले चार खेलबाट सात अंक बनायो ।
जर्मनी र नेदरल्यान्ड्सको खेलपछि लिग यस समूहबाट नेदरल्यान्ड्स ईङ्ल्यान्ड, पोर्चुगल र स्वीट्जरल्यान्डले सेमिफाइनलमा स्थान बनाए । अभागी फ्रान्स र जर्मनी बाहिरिन बाध्य भए ।एजेन्सी