Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

इन्डोनेसियाको निर्माणाधीन परियोजनामा विद्रोहीको आक्रमण, ३१ कामदारको मृत्यु

User Photo
बुधबार, मंसिर १९, २०७५

काठमाडौं । इन्डोनेसियाको एक परियोजनामा कार्यरत मजदुरमाथि विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा ३१ कामदारको मृत्यु भएको छ ।

पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।


advertisement

सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा उनीहरुको मृत्यु भएको हो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।

अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.