Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

अमेरिकामा चिसाेकाे कारण आठजनाको मृत्यु, जनजिवन अस्तव्यस्त

User Photo
शुक्रबार, माघ १८, २०७५

अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन अस्तव्यस्त बनेको छ । यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ ।

युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी कलेज भवन बाहिर मृत भेटिएका छन् ।


advertisement

१८ वर्षे गेराल्ड ब्लेजलाई बुधबार अचेत अवस्थामा भेटिएको थियो । उनलाई अस्पतालले पछि मृत घोषित गर्यो । अधिकारीका अनुसार उनको अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।

यस्तै, डेट्रोइडका ७० वर्षे वृद्धालाई छिमेकीको घरमा मृत भेटिएका हुन् । अधिकारीका अनुसार उनले अत्यधिक चिसोबाट बच्ने पर्याप्त लुगा लगाएका थिएनन् ।

मंगलबार, ५५ वर्षे चार्ली ल्याम्पको विस्कन्सीनको एक ग्यारेजमा मृत्यु भयो । स्वास्थ्यकर्मीका अनुसार उनको बाटो अवरुद्ध गरिरहेको हिऊँ हटाउने क्रममा मृत्यु भएको हो ।

साथै, पेकिनका ८२ वषेको हाइपोथर्मियाका कारण मंगलबार मृत्यु भएको हो । यस्तै, ७५ वर्षे एक वृद्धको सोमबार सिकागोमा हिउँले पुरेका कारण मृत्यु भएको छ ।

यसका साथै, नर्दन इन्डियानामा एक जवान जोडीको हिउँले ढाकिएको सडकमा ठोक्किएर मृत्यु भयो ।

बिहिबार अमेरिकाको तेस्रो ठूलो शहर सिकागोमा १९८५ को रेकर्ड तोड्दै माइनस ३२ डिग्री सेन्टिग्रेट तापक्रम मापन गरिने मौसमविद्ले अनुमान गरेका थिए । यहाँको तापक्रम जनवरीमा

द नेशनल वेदर सर्भिस (एनडब्लू एस) ले रकफोर्ड, इलियोनोइस र वेस्ट अफ सिकागोले अहिलेसम्मको न्यूनत तापक्रम माइनस ३२ डिग्रीको रेकर्ड तोडेको छ । बिहिबार यहाँको तापक्रम माइनस ३४ डिग्री मापन गरिएको छ ।

लोआका शहरले पनि न्यूनतम तापक्रमको रेकर्ड तोडिसकेको छ । कटन, मिनिसोटाको तापक्रम बिहिबार सबैभन्दा कम मापन गरियो । प्रारम्भिक डाटाका अनुसार यहाँको तापक्रम माइनस ४८ डिग्री रह्यो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.