Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 26, 2026
सोमवार, बैशाख १४, २०८३

पीएसजीविरुद्ध युनाइटेडको सानदार जित

User Photo बिहिबार, फाल्गुन २३, २०७५

 फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्ध सानदार जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले पीएसजीलाई उसैको मैदानमा ३–१ गोलले हरायो । युनाइटेट पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २–० गोलले पछि परेको थियो । दोस्रो लेगमा कमब्याक गर्दै पीएसजीलाई हराएपछि युनाइटेड समग्रता ३–३ गोलको बराबरी गर्दै अवे गोलको आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।

युाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै खाता खोलेका लुकाकुले ३०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । यसअघि १२औं मिनेटमा पीएसजीका जुआन बर्नाटले एक गोल फर्काएका थिए ।

त्यसपछि युनाइटेडले दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टी गोलमार्फत अन्तिम आठको यात्रा तय गरेको थियो । उक्त पेनाल्टीलाई मार्कस रासफोर्डले सदुपयोग गरे । डिबक्सभित्र पीएसजीका प्रेस्नेल किमपेम्बेले बल बचाउने क्रममा ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा युनाइटेडलाई पेनाल्टी दिएका थिए । सोही पेनाल्टीनै युनाइटेडका लागि राहत बन्यो भने पीएसजीका लागि घातक ।

यसैगरी च्याम्पियन्स लिग फुटबलकै अर्को खेलमा पोर्चुगिज क्लब पोर्तोले इटालियन क्लब रोमालाई ३–१ गोलले हराउँदै क्वार्टर फाइनलमा पुगेको छ । पहिलो लेगमा २–१ गोलले पछि परेको पोर्तो दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–३ गोलले विजयी भयो ।एजेन्सी

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.