Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

दिल्लीकाे जित संगै सन्दीप बने स्टाइलिस प्लेयर अफ द म्याच

४० रन खर्चेर ३ विकेट लिएका सन्दिपले पाए उपाधी संगै एक लाख भारु पुरस्कार

User Photo आइतवार, बैशाख ८, २०७६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।

खेलकाे जित संगै सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ द म्याच बनेका छन । उपाधी संगै एक लाख भारु पुरस्कार पाए ।

दिल्लीतर्फ सन्दीप सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए ।

यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् ।

यसैगरी पृथ्वी शाले ११ बलमा १३ रन बनाए । शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

पन्जाबकोतर्फ हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरपि्रत बरार १२ बलमा २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.