Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

३१५ करोडकाे फाेन चलाउने यि महिला, यस्ता छन फाेनकाे विशेषता

उनलाइ चाहिन्छ दैनिक ५ लाख भन्दा बढीको चिया

User Photo आइतवार, बैशाख १५, २०७६

विश्वकै शक्तिशालीको ३८ औं स्थानमा रहेका भारतका मुकेश अम्बानी फोब्रर्स एसियाका अनुसार विश्वका अर्बपतिको सूचीमा उनी २२ औं स्थानमा छन् ।

धनी अम्बानीको घर, गाडी, रहनसहन देखि लिएर उनको घरमा काम गर्ने कर्मचारीको तवल सुुविधाको समेत निकै चर्चा हुने गर्छ । उनी र उनका परिवार अनि उनीहरुको जीवनशैलीको विषयमा धेरैको चासो पनि रहन्छ ।

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै खर्च गर्ने महिलामा पर्छिन् । उनी दैनिक ५ लाख भन्दा बढी मूल्यको चिया पिउने गर्छिन् । भने उनले प्रयोग गर्ने हरेक सामानको मूल्य निकै महङ्गो हुने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

सबैभन्दा सस्तो फोन भएको दावी गर्ने जियो कम्पनीका मालिक अम्बानीकी श्रीमती नीता अम्बानीको फोनको मूल्य ३१५ करोड पर्छ । जुन मूल्यमा प्राइभेट जेट पनि किन्न सकिन्छ । भने उनको मोबाइल फाल्कोन सुपरनोभा स्मार्टफोनको मूल्य ४८.५ मिलियन डलर रहेको छ ।

फाेनका विशेषता

यो फोन बनाउने कम्पनीले विश्वका केहि धनी व्यक्तिहरुका लागि विशेष मागका आधारमा फोन निर्माण गर्ने गर्छ । यो फोन २०१४ मा लन्च भएको थियो । फोन २४ क्यारेट सुन र पिंक सुनबाट बनेको छ । जसमा प्लाटिनमबाट कोटिङ् गरिएको छ जसले फोनलाई फुट्नबाट बचाउँछ ।

फोनको पछाडिको भागमा हीरा जडान गरिएको छ । यो फोनको विशेषता यसलाई ह्याक गर्न सकिदैन । ह्याक गर्ने प्रयास गरेको सूचना फोनमा तुरुन्तै आउँछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.