Naya Media
सोमवार, भदौ १, २०८३
| | August 17, 2026
सोमवार, भदौ १, २०८३

सडक दुर्घटनामा परेका युवककाे श्रीमतीलाई अन्तिम कल, लाइभ देखाउदै प्राण त्याग

User Photo आइतवार, जेष्ठ १९, २०७६
काठमाण्डाै ।

एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लाग्ने यो घटना भारत उत्तर प्रदेशको हो ।

बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा नै चुडिन्छ । त्यसपछि उनले पत्नीलाई भिडियो कल गरेर आफ्नो हालत देखाउँछन् र घटनाबारे जानकारी दिन्छन् ।

त्यसपछि उनी बेहोस हुन्छन् । लगत्तै सुरक्षाकर्मीले उद्धार गरेर उनलाई अस्पताल पुर्‍याउँछन् । तर, डाक्टरहरुले बचाउन सक्दैनन् ।राजारामको तीन वर्ष अगाडि मात्र बिहे भएको थियो । उनको सात महिनाको छोरी पनि छिन् । उनी श्राद्धमा सहभागी हुन ससुराल जाने क्रममा दुर्घटनामा परेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार राजारामाले इयर फोन लगाएर मोटरसाइकल चलाएका थिए । इयर फोन लगाएको बेला गाडीको आवाज नसुनेकाले दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको जोखिम बढ्ने भएकाले कतिपय देशमा हेडफोन वा इयरफोन लगाएर सवारी साधन चलाउन बर्जित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.