Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

विश्वकप क्रिकेटः रोहितकाे शतकसँगै अफ्रिकामाथि भारतको शानदार जित

User Photo बिहिबार, जेष्ठ २३, २०७६
काठमाण्डाै ।

एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओपनर रोहित शर्माको अविजित शतकसँगै ४७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो।जितसँगै भारतले विश्वकपमा सुखद सुरुवात गरेको छ ।

त्यसका लागि रोहित १ सय ४४ बलमा १३ चौका र २ छक्का सहित १ सय २२ रनमा अविजित रहँदै एक दिवसिय करियरको २३ औं शतक पुरा गरेका हुन् । त्यस्तै हार्दिक पान्ड्या ७ बलमा ३ चौका सहित १५ रन बनाउँदै भारतलाई जिताएर अविजित रहेका थिए ।

त्यस्तै ओपनर शिखर धवन ८, कप्तान विराट कोहलीलाई १८, लोकेश(केएल) राहुल ३० र महेन्द्र सिंह धोनी ३४ रनमा आउट भए । दक्षिण अफ्रिका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोको नाममा समान १ विकेट रह्यो ।

साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।त्यसका लागि क्रिस मोरिसले ३४ बलमा १ चौका र २ छक्का सहित महत्वपूर्ण ४२ रनको योगदान गरे भने कागिसो रबाडा ३५ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे ।

त्यस्तै डेविड मिलरले ३१,ओपनर हासिम अमला ६ र अर्का ओपनर क्विन्टन डी कक १० रनमा आउट भए । रस्सि भान डर दुसेन २२ र कप्तान फाफ डु प्लेसिसलाई ३८ रनमा बाहिरीए । भारतको जित बनाउन युजभेन्द्र चाहलले ४, जसप्रित बुमराह र भुवनेश्वकर कुमारले २२ र कुलदीप यादवले १ विकेट लिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.