Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

अनुसन्धान भन्छ, “अविवाहित महिला संसारकै सबै भन्दा खुसी मानिस”

User Photo मङ्लबार, जेष्ठ २८, २०७६
काठमाण्डाै ।

एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी भएकाे देखाएकाेछ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।

उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । उनले धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् । यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन् ।

केही समय अगाडि मात्र इतिहास विद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ?’ भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.