Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

युरोकप छनोट: बेल्जियमको जितमा लुकाकुको दुई गोल

User Photo बुधबार, जेष्ठ २९, २०७६
काठमाण्डाै ।

बेल्जियमले युरोकप छनोट फुटबलमा स्कटल्यान्डलाई पराजित गरेको छ । बुधबार बिहान समूह आईअन्तर्गत भएको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ३–० गोलअन्तरसले पराजित गरेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा एक गोल भने केभिन डे ब्रुयनको नाममा रह्यो ।

खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

खेलको ५७औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–० गोलको अग्रता दिलाए । त्यस्तै, खेलको अन्तिम समयमा केभिनले गोल गर्दै बेल्जियमलाई ३–० गोलको जित दिलाए ।

युरोकप छनोटअन्तर्गत नै समूह जे को खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.