यमनी विद्रोही समूह हाउठीले साउदी अरेबियाको अभा एयरपोर्टमै मिसाइल हमला गरेकाे छ । हमलामा परी गर्दा २६ जना सर्वसाधारण घाइते भएकाे अल जजिराले जनाएकाे छ ।
घाइते हुनेमा केही विदेशी नागरिक समेत रहेकाे त्यहाँका अधिकारीहरूले जनाएका छन् । जसमा केही महिला र बालबालिका समेत छन् ।साे हमलामा इरानी उच्च प्रविधिको हतियार प्रयाेग भएकाे कुरा सरकारी विज्ञप्तिमा उल्लेख छ । हमला लगत्तै साउदी नेतृत्वकाे गठबन्धनले हमलाकारी हाउठी विद्राेहीविरूद्ध कठाेर कदम चाल्ने बताइसकेकाे छ ।
हाउठी संलग्न मसिराह टेलिभिजनको रिपोर्ट अनुसार ‘क्रुज मिसाइल’ आक्रमण भएको जनाइएकाे । सन् २०१५ देखि नै बम हमला गर्दै आएकाे हाउठी विद्राेहीका कारण हालसम्म ठूलाे संख्यामा त्यहाँका नागरिकले ज्यान गुमाइसकेका छन् ।
